काठमाडौं । हुन्डाईले क्रेटा ईभीको पार्टस् निकै सस्तो हुने जनाएको छ । हुन्डाई इन्डिया लिमिटेडले क्रेटा ईभीको ९२ प्रतिशत पार्टस् भारतमै उत्पादन भएको बताउँदै मूल्य पनि निकै सस्तो हुने जानकारी दिएको हो ।
भारतमा बनेको पहिलो इलेक्ट्रीक कारमा प्रयोग भएको हाइ भोल्टेज ब्याट्रीसमेत इन्डियामै बनेको कम्पनीको दावी छ । पार्टस् र अन्य कम्पोनेन्ट भारतमै उत्पादन भएकोले सस्तो हुने भएको हो ।
सरकारले चलाइरहेको ‘मेक इन इन्डिया तथा ‘आत्मानिर्भर भारत’ योजना अनुसार हुन्डाई मोटर्स इन्डियाले १ हजार २०० भन्दा बढि कम्पोनेन्टहरु भारतमै बनाएर प्रयोग गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार भारतमा रहेका १९४ भेन्डरबाट १ हजार २३८ प्रकारका कम्पोनेन्ट लिएको छ । भारतमै बनेका कम्पोनेन्टहरुमा अल्टरनेटर, अलोय ह्वील, डिस ब्रेक, क्याटालिक कन्भर्टर, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरीङ सिस्टम, क्लच एसेम्बलर, पानारोमिक सनरुफ, एनओएक्स सेन्सर जस्ता प्रोडक्ट छन् ।
भारतमै बनेको ब्याट्री प्याक
हुन्डाईले क्रेटा ईभीमा प्रयोग भएको हाइभोल्टेज ब्याट्री प्याक भारतमै बनाएको हो । हुन्डाईको चेन्नाईमा रहेको ‘स्टेट अफ दी आर्ट फेसिलीटी’मा हाइभोल्टेज ब्याट्री प्याक बनाइएको हो । मोविस इन्डिया लिमिटेडको सहकार्यमा स्थापना भएको ब्याट्री प्याक एसेम्बल प्लान्टबाट वार्षिक ७५ हजार युनिट कारलाई पुग्ने ब्याट्री प्याक उत्पादन गर्न सकिने छ ।

हुन्डाईले भारतमा लगाएको ब्याट्री एसेम्बल प्लान्टबाट लिथियम-निकेल-म्याग्नेसिस-कोबाल्ट अक्साइड (एनएमसी) र लिथियम-आयोन-फस्फेट (एलएफपी) ब्याट्री प्याक बनाउन सकिने कम्पनीले बताएको छ ।

