फास्ट चार्ज सर्पोट गर्ने सुजुकीको इलेक्ट्रीक एक्सेस (भिडियोसहित)

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर इण्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटरको इलेक्ट्रीक भर्सन ल्याएको छ । कम्पनीले भारतमा जारी मोबिलिटी एक्स्पो २०२५ मा सुजुकी एक्सेस इलेक्ट्रीक प्रर्दशन गरेको हो ।

कम्पनीले अहिले प्रदर्शन गरेको स्कुटर भने टेष्टिङ फेजमा रहेको बताएको छ । यसअघि भारतीय बजारमा विभिन्न समयमा सुजुकी वर्गम्यान इलेक्ट्रीक परीक्षण गरिरहेको देखिएको भए पनि कम्पनीले सुजुकी एक्सेसको इलेक्ट्री भेरियन्ट ल्याएको हो ।

कम्पनीले सुजुकी ई–एक्सेस नाम दिएको यो स्कुटरमा ४.१ किलोवाट क्षमताको मोटर प्रयोग गरेको छ । यसमा ३.०७ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक दिइएको छ । यसमा भएको ब्याट्री रिमुभ गर्न भने सकिँदैन् ।

यो स्कुटरमा भएको ब्याट्री प्याकलाई एकपटक फुलचार्ज गरेर ९५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यो ब्याट्रीले डीसी फास्ट चार्ज गर्छ । यसले ० देखि ८० प्रतिशत चार्ज गर्न मात्र ७२ मिनेट समय लाग्छ भने ०-१०० चार्ज गर्न २ घण्टा १२ मिनेट सयम लाग्छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन रहेको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यो स्कुटरमा तीन राइड मोड, एलईडी हेडलाइट, अलोय ह्वील, डिजिटल कनेक्टेड डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।

प्रडक्सन मोडलको रूपमा आउँदा ९० हजार एक्स सोरुम मूल्य हाराहारीमा आउने यो स्कुटरले बजाज चेतक, टीभीएस आइक्यूब जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top