काठमाडौं । रोयल इनफिल्ड इन्डियाले नयाँ स्क्रयाम ४४० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले एकपछि अर्को नयाँ मोडल ल्याउने क्रममा स्क्रयाम ४४० सार्वजनिक गरेको हो ।
रोयल इनफिल्डले भारतमा स्क्रयाम ४४० ट्रेल र स्क्रयाम ४४० फोर्स दुई भेरियन्टमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले दुई भेरियन्टमा ७ हजार भारतीय रुपैयाँ फरक पारेर मूल्य कायम गरेको छ ।
नयाँ मोटरसाइकलको ट्रेल भेरियन्टलाई २ लाख ८ हजार भारतीय रुपैयाँ र फोर्स भेरियन्टलाई २ लाख १५ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर बजारमा ल्याएको हो ।
रोयल इनफिल्ड स्क्रयाम ४४० ट्रेल भेरियन्टमा स्पोक ह्वीलसँग ट्युब टायर छ । फोर्स भेरियन्टमा अलोय ह्वीलसँग ट्युब लेस टायर छ ।
ठूलो इन्जिन क्षमता र रिफ्रेस नयाँ डिजाइनमा आएको स्क्रयाम-४४० मोटरसाइकलमा नयाँ हेडलाइट, पुरा नयाँ एलइडी लाइट, बल्कर फ्युल ट्याकं, राउन्ड रियरभ्यू मिरर, नयाँ सिंगल पिस सिट, ट्वीक गरिएको नयाँ टेल सेक्सन, नयाँ इन्स्ट्रुमेन्ट कन्सोल र ट्रिपर नेभिगेसन पोड पाउन सकिन्छ ।
त्यसैगरी, यस मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक ट्राभल सस्पेन्सन सेटअपछ । दुबै टायरमा स्ट्यान्डर्ड डबल डिस्क ब्रेकसँगै डबल च्यानल एबीएस (स्वीचेबल रियर एबीएस) रहेको छ ।
कम्पनीले स्क्रयाम ४४० मोटरसाइकलमा ४४३ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर/आयल कूल्ड, एसओएचसी इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम २४.४ बीएचपी पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।

