एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवानमा विशेष अफर

काठमाडौं । एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष योजना ल्याएको छ।

यस नयाँ योजना अन्तर्गत ग्राहकहरूले माउन्टेन ईभी र टीएमवान मोडेलहरूमा ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउने छन् ।  ग्राहकले २० प्रतिशत मात्रै डाउन पेमेन्टमा यी सवारी खरिद गर्न सक्नेछन् ।

ग्राहकले माउन्टेन ईभीको लागि ९.९९ लाख र टीएमवानको लागि ५.९९ लाख रुपैयाँसम्मको डाउन पेमेन्ट गर्नुपर्नेछ ।

त्यस्तै, ग्राहकहरूले आर्थिक वर्ष २०८१/८२ को लागि १ वर्षको निःशुल्क बीमा र सडक करमा छुट सुविधा पाउने छन् । साथै, ७ किलोवाटको चार्जर पनि निःशुल्क पाउने छन्।

यो व्यापक प्याकेजले विद्युतीय गतिशीलता प्रवर्द्धन गर्ने र आफ्ना ग्राहकहरूलाई असाधारण मूल्य प्रदान गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

यो अफर माघ १ गतेदेखि  ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

एमएडब्लूवृद्धि अन्तर्गत संचालित फोटोन नेपाल एमएडब्लू समूह र वृद्धि समूह बीचको साझेदारी हो । एमएडब्लू वृद्धिले नेपाली बजारमा फोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्राण्डहरूको गाडी बिक्री गर्दै आएको छ ।


Back_to_top