काठमाडौं । हिरो मोटोकर्पले १२५ सीसी स्पोर्टी स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले हिरो जुम १२५ भारतमा जारी भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको हो ।
कम्पनीले ८६ हजार ९०० रुपैयाँ एक्स सोरुम मूल्य तोकेर सार्वजनिक गरेको हो ।
हिरो जुम १२५ मा अल एलइडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको छ । कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।
१२५ सीसी सेग्मेन्टमा स्कुटरको बजार बढ्दै जाँदा हिरो जुम १२५ ले यो सेग्मेन्टमा कडा टक्कर दिने देखिन्छ ।
त्यस्तै, जुम १२५ आरमा १२४।६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्नेछ । यो स्कुटरले ०-६० मात्र ७.६ सेकेन्डमा भेट्छ । यो सेग्मेन्टमै सबैभन्दा छिटो हो ।
कम्पनीले फेब्रुअरीदेखि हिरो जुम १२५ को बुकिङ खुला गर्ने बताएको छ भने मार्चदेखि यसको डेलिभरी सुरु गर्ने भएको छ । नेपाली दुईपाँग्रे बजारमा १२५ सीसी स्कुटरको ठुलो मार्केट हिस्सा रहेको छ । अहिले नेपालमा होन्डा, टीभीएस र यामाले १२५ सीसी सेग्मेन्टमा स्कुटर बिक्री गरिरहेको छन् । नेपालमा हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले भारतमा बिक्री सुरु भएसँगै नेपालमा समेत भित्र्याउने अनुमान गर्न सकिन्छ ।

