होण्डाले ल्यायो १२५ सीसी सेग्मेन्टमा नयाँ स्कुटर, यस्ता छन् फिचर्स

काठमाडौं । होण्डा इन्डियाले भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले १२५ सीसी क्षमताको इन्जिनमा होण्डा एनएफपी नामबाट नयाँ स्कुटर ल्याउने तयारी थालेको हो ।

होण्डाको एनएफपी १२५ स्कुटर नयाँ मोडल भने होइन । यस स्कुटरको बिक्री अन्य देशहरूमा पहिलेदेखि नै हुँदै आइरहेको छ । भारतीय बजारमा भने कम्पनीले अब मेनिफ्याक्चर गर्नका लागि पेटेन्ट फाइल दर्ता गरेको हो ।

मस्कुलर बडी प्यानल र आक्रमक डिजाइनमा रहेको होण्डा एनएफपी स्कुटरमा नयाँ किसिमको स्प्लीट हेड्ल्याम्प डिजाइन, नयाँ टर्न इन्डिकेटर्स, एच आकारको एलईडी टेल ल्याम्प, एग्रेसिभ फ्रन्ट एप्रोन, लामो र फराकिलो प्mलोरबोर्ड, सिंगल पिस सिट, प्रोजेक्टर स्टाइलको हाउजिङ र आल्मुनियमको पिलियन आर्मरेस्ट दिइएको छ ।

यस स्कुटरमा एलसीडी डिस्प्ले, पूरा एलईडी लाइट, सीबीएस ब्रेकिङ सिस्टम, अलोय ह्वील, भेरियन्ट अनुसार डिस्क र ड्रमब्रेक, एन्टी लक ब्रेकिङ सिस्टम, एबीएस, टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन सेटअप, ट्युबलेस टायर, किलेस इग्निसन, यूएसबी चार्जिङ पोर्ट, १४.५ लिटरको स्टोरेज, साइड स्ट्यान्ड इन्जिन कटअफ, हसल फ्री स्टार्ट र स्याडल अनलक सहितको स्मार्ट की जस्ता अत्याधुनिक फिचरहरू पाउन सकिन्छ ।

बिल्कुलै नयाँ डिजाइनमा रहेको होन्डा एनएफपी १२५ स्कुटरमा १२४ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक इन्जिन छ । यस इन्जिनले अधिकतम ९.५१ पीएस पावर तथा १० एनएमको टर्क जेनेरेट गर्छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ भने यसमा ५.७ लिटरको फ्युल ट्याकं पाउन सकिन्छ ।


Back_to_top