टाटाले ‘गरुड’ नाम दिएर थाल्यो नयाँ जेनेरेशन नेक्सनको काम

काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी टाटाले सन् २०२७ मा नयाँ जेनेरेशन नेक्सन बजारमा ल्याउने गरी काम अगाडि बढाएको छ । कम्पनीले डेभपलमेन्ट कोड नेम ‘गरुड’ दिएर उक्त प्रोजेक्ट अगाडि बढाएको हो ।

टाटाले नयाँ जेनेरेशन नेक्सनलाई ‘एक्स-वान प्लेटफर्म’मा बनाउन लागेको हो । सन् २०१७ मा पहिलो पटक आएको नेक्सनलाई ठ्याक्कै १० पछि प्लेटफर्म नै परिवर्तन गरेर बजारमा ल्याउने भएको हो ।

बजारमा आएपछि पहलिो पटक सन् २०२० मा नेक्सनमा परिमार्जन भएको थियो । साथै, सन् २०२३ मा दोस्रो पटक परिमार्जन भएको नेक्सन अब २०२७ पुरै परिवर्तन सहित आउने भएको हो ।

नयाँ जेनेरेशन नेक्सनलाई पावरफुल इन्जिन र इलेक्ट्रीक मोटर दुबैमा ल्याउने छ । नयाँ नेक्सन पनि अहिले जस्तै पेट्रोल, डिजेल, ईभी र सीएनजी अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ । नयाँ नेक्सनको विषयमा अन्य जानकारी प्राप्त भएको छैन ।


Back_to_top