काठमाडौं । नेपाली बजारमा अल न्यू निसान म्याग्नाइटको नयाँ भर्सन आएको छ । निसान मोटर्सको आधिकारिक बिक्रेता कम्पनी पायोनियर मोटोकर्पले म्याग्नाइटको नयाँ भर्सन काठमाडौं ल्याएको हो ।
नयाँ भर्सन म्यागनाइटमा रिडिजाइन गरिएको बम्पर, नयाँ हेडल्याम्प तथा ग्रिल एसेम्ब्ली, अपडेटेड एलईडी सिग्नेचर लाइट, नयाँ डिजाइनको अलोय ह्वील, नयाँ डीआरएल लगायत बाहिरी आवरणमा परिवर्तन भएको देखिन्छ ।
म्याग्नाइटमा एक्स्टेरियरको साथै इन्टेरियरमा पनि व्यापक परिर्वतन गरेर ल्याएको छ । यसको ड्यास्बोर्डमा ठूलो परिर्वतन देख्न सकिन्छ । नयाँ म्याग्नाइटमा ७ इन्चको इन्फोटेन्मेन्ट डिस्प्लेका साथै ७ इन्चरको ड्राइभर इन्फर्मेसन डिस्प्ले दिइएको छ । यसमा वायरलेस चार्जर, एम्बियन्ट लाइट, टीपीएमएस सिस्टम, ३६० क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।
निसानले म्याग्नाइटलाई भारतमा उत्पादन गरेर विभिन्न देशहरूमा निर्यात गरिरहेको छ ।
निसान म्याग्नाइटमा १.० लिटर पेटोल इन्जिन रहेको छ । यो इन्जिनले ७२ हर्सपावर तथा ९६ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । अर्को १.० लिटरकै टर्बो पेट्रोल इन्जिनले १०० हर्सपावर तथा १६० न्युटन मिटर टर्क जनेरेट गर्छ । यसमा ५ स्पीडको म्यानुअल तथा एएमटी गियरबक्सको अप्सन रहेको छ ।

