होण्डा हर्नेट २.० पनि अपडेट, बढ्यो मूल्य

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले होन्डा हर्नेट २.० को अपडेटेड भर्सन सार्वजनिक गरेको छ । कम्पनीले फिचर थप गरेर हर्नेट २.० को २०२५ भर्सन ल्याएको हो ।

कम्पनीले २०२५ हर्नेट २.० को मूल्य १ लाख ५६ हजार ९५३ रुपैयाँ (एक्स शोरुम) भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले रेगुलर मोडलको तुलनामा २०२५ भर्सनको मूल्य १३ हजार ५०२ रुपैयाँले वृद्धि गरेको हो । कम्पनीले केही दिन अघि होण्डा एनएक्स २०० को अपडेटेड भर्सन सार्वजनिक गरेको थियो ।

नयाँ हर्नेट २.० मा ओबीडि २ बी इमिशन स्ट्याण्र्डड १८४.४ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले १७ पीएस पावरका साथै १५.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्सका साथै स्लिपर क्लच उपलब्ध छ ।

कम्पनीले नयाँ फिचरको रुपमा यसमा ४.२ इन्च फुल डिजिटल इन्स्ट्रुमेन्ट कल्ष्टर दिइएको छ । यसमा ब्लूटूथ कनेक्टिभिटी फिचरसमेत दिइएको छ । यसमा नेभिगेशन, कल÷एसएमएस अर्लट जस्ता फिचर उपलब्ध छ ।

यसका अलावा सबै एलइडी लाइट, हाजार्ड लाइट, यूएसबी टाइप सी चार्जिङ, स्बीचेवल ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस जस्ता फिचर थप गरिएको छ ।


Back_to_top