सस्तो ब्याजदरमै यामाहा मोटरसाइकल, पुरानोसँग नयाँ साट्न सकिने

काठमाडौं । यामाहा नेपालले मेगा एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले ल्याएको एक्सचेन्ज अफरमा ग्राहकले ८ प्रतिशतभन्दा कम ब्याजमै कर्जा सुविधा पाउनुका साथै एक्सचेन्ज सुविधासमेत पाउने भएका हुन्

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडका अनुसार यस योजना अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजमै यामाहाका मोटरसाइकल तथा स्कुटर किन्न कर्जा सुविधा पाउने छन् ।

उक्त स्कीममा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सुरुमै मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा स्योरशट प्राइज र सजिलै फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ । यो एक्सचेन्ज मेला फागुन १८ गतेदेखि २२ गतेसम्म सेतोपुलमा आयोजना हुनेछ ।

याे याेजनामा ग्राहकले नगद छ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।

५० प्रतिशत डाउन पेमेन्ट गर्न नसक्ने ग्राहकले आफ्नो क्षमता अनुसारको ईएमआई योजना छनोट गर्न सक्नेछन् । यसमा कर्जाको ब्याजदर भने फरक हुने कम्पनीको भनाइ छ ।

एमएडब्लू राइडले नेपाली बजारमा ११ मोडलका मोटरसाइकल तथा ४ मोडलका स्कुटर बिक्री गर्दै आएको छ ।


Back_to_top