चल्तीका तीन एसयूभीको नयाँ जेनेरेशन मोडल आउँदै

काठमाडौं । मिड साइज सेग्मेन्टमा सबैभन्दा चल्तीका एसयूभीहरूको नयाँ जेनेरेशन मोडल आउने भएको छ ।

नेपालमा सबैभन्दा धेरै संख्यामा बिक्री हुुने हुन्डाई क्रेटा, कियाको सेल्टोस तथा मारुती सुजुकी ग्राण्ड भिटाराको नयाँ जेनेरेशन मोडल आउने भएको हो ।

यी तीनै मोडलहरू एक अर्कासँग प्रतिस्पर्धी समेत हुन् । तीन वटै मोडलहरूको लम्बाइ, चौडाइ र उचाइ समेत करिब समान साइजका छन् ।

१. नयाँ हुन्डाई क्रेटा

हुन्डाईले क्रेटाको विल्कुल नयाँ डिजाइनको मोडलमा काम गरिरहेको छ । कम्पनीले नयाँ जेनेरशन क्रेटा सन् २०२७ सम्ममा बजारमा उतार्ने अनुमान गरिएको छ । कम्पनीले यसको प्रडक्सन कोडनेम एसएक्स३ राखेर काम गरिरहेको छ ।

हुन्डाईले नयाँ जेनेरेशन क्रेटामा स्टङ हाइब्रिड इन्जिन ल्याउने सम्भावना रहेको छ । हुन्डाईको भारतको तामिल नाडु प्रडक्सन प्लाण्टबाट उत्पादन हुने क्रेटामा फिचरहरू अपग्रेड हुनुको साथै डिजाइनमा समेत ‘रिभ्याम्प’ हुनेछ ।

२. नयाँ किया सेल्टोस

कियाको सेकेण्ड जेनेरेशन सेल्टोस धेरै पटक कोरिया तथा नर्थ युरोपका सडकमा परीक्षणका क्रममा देखिएको छ । कियाले नयाँ जेनेरेशन सेल्टोसमा ई-एडब्लूडी सिस्टम र हाइब्रिड पावरट्रेन ल्याउने सम्भावना रहेको छ ।

नयाँ जेनेरेशनको किया सेल्टोस सन् २०२६ को मध्यसम्ममा लन्च हुनेछ । नयाँ जेनेरेशन किया सेल्टोसमा पनि नयाँ डिजाइन र टेक्नलोजीमा धेरै परिवर्तन हुनेछ ।

३ नयाँ मारुती सुजुकी ग्राण्ड भिटारा

मारुती सुजुकीले पनि मिड साइज एसयूभी ग्राण्ड भिटारको दोस्रो जेनेरेशन मोडल ल्याउँदै छ । कम्पनीले यसै वर्षको अन्तिम वा आगामी वर्षको सुरूआतसम्म नयाँ ग्राण्ड भिटारा लन्च गर्ने अनुमान गरिएको छ ।

नयाँ भिटारामा हालै मात्र अनभिल भएको ई-भिटाराको डिजाइनबाट धेरै मात्रामा प्रभावित भएको छ । यसमा नयाँ फ्रन्ट फेसिया, अपग्रेड ग्रिल, स्लीक हेडल्याम्प, एलईडी फगल्याम्प तथा रिडिजाइन भएको बम्पर हुनेछ ।

त्यस्तै, नयाँ भिटारामा वाइड एयर इनटेक, नयाँ फ्रन्ट स्कीड प्लेट, स्क्वायर अफ ह्वील आर्क, वाई सेप डिजाइनको अलोय ह्वील, एलईडी कनेक्टेड लाइटबार लगायत फिचर रहेन छ । यो एसयूभीमा पनि १.५ लिटरको माइल्ड हाइब्रिड तथा १.५ लिटरको स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन रहने छ ।


Back_to_top