काठमाडौं आइपुग्यो क्रेटा इलेक्ट्रीक

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा ईभी नेपाल ल्याएको छ । अर्को साताबाट बिक्री सुरु हुने क्रेटा ईभी काठमाडौं आइपुगेको हो ।

कोरियन ब्राण्डले भारतमा उत्पादन गरेको क्रेटा ईभी रेगुलर मोडलकै जस्तो बडी डिजाइनमा उपलब्ध छ । तर, यसको इन्टेरियरमा भने ब्यापक परिमार्जन भएर आउने छ ।

यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।

हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध गराउने छ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने भनिए पनि ३०० प्लस किलोमिटर आउने अनुमान गर्न सकिन्छ ।

ठूलो ब्याट्रीको साइज ५१.४ किलोवाट आवर हो । यो ब्याट्रीसँग १२६ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ४७३ किलोमिटर रेन्ज दिने एआरएआई टेस्टले देखाए पनि सडकमा ४०० किलोमिटर आसपास रेन्ज आउने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top