काठमाडौं । हिरो मोटोकर्पले हिरो एक्सपल्स २१० को र्याली भर्सन तयार पारेको छ ।
हिरो फ्याक्ट्री रेसिङ टिमले चण्डीगढमा हालै सम्पन्न स्जोबा र्यालीमा एक्सपल्स २१० को र्याली भर्सन प्रर्दशन गरेको हो ।
कम्पनीले गत जनवरीमा सम्पन्न भारत मोबिलिटी एक्स्पो २०२५ मा एक्सपल्स २१० र र्याली मोडलको प्रदर्शन गरेको थियो ।
कम्पनीले हिरो एक्सपल्स २१० को र्याली भर्सनमा केही नयाँ कम्पोनेन्टहरूको साथै नयाँ ग्राफिक प्रयोग गरेर तयार गरेको छ ।
प्रडक्सन मोडलमाभन्दा फरक म्याक्सिस टायर, डिस्क ब्रेक, यूएडी फर्क तथा एक्जष्ट प्रयोग गरिएको छ । प्रडक्सन मोडलमा भने यी कम्पोनेन्ट नहुने अनुमान गर्न सकिन्छ ।
यसमा कम्पनीले एक्सपल्स २१० स्याण्डर्ड भेरियन्टकै इन्जिन दिइएको छ । यो इन्जिनले २५ पीएस पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर क्लचका साथै ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

