आज सार्वजनिक हुँदै एमजी एस-५, मूल्य आकर्षक हुने

काठमाडौं । एमजीको आधिकारीक बितरक पारामाउन्ट मोटर्सले नयाँ एसयूभी सार्वजनिक गर्दैछ । आज उपत्यकामा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले एस-५ सार्वजनिक गर्न लागेको हो ।

एमजीको निकै प्रतिक्षा गरिएको एस-५ मोडलले यसअघि बिक्री हुँदै आएको जेडएस ईभीलाई रिप्लेस गर्नेछ । एमजी एस-५ कम्पनीको प्योर ईभी प्लेटफर्ममा बनेको मोडल हो । एमजी-४ बाट धेरै हदसम्म प्रेरित नयाँ क्रसओभर एसयूभी निकै मोर्डन डिजाइन, टेक फिचर र उत्कृष्ट पर्फमेन्समा आधारित रहेको छ ।

एमजीले एस-५ एसयूभीमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । मोटर भने ९९ किलोवाट क्षमताको हुनेछ ।

कम्पनीले यसमा निकै पातलो साइजको ब्याट्री दिएको छ । जसको कारण यसको क्याबिन स्पेसमा निकै ठूलो परिवर्तन पाउन सकिन्छ । एथेष्ट हेडरुम, पछाडि लेगरुम र फ्ल्याट फ्लोर भएको कारण गाडी निकै फराकिलो छ ।

रियर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्स भएको कारणले खराब लाग्ने बाटोमा पनि एस-५ को उत्कृष्ट पफर्मेन्स गर्छ । अझ तीव्र गतिमा पनि स्टेबल लाग्ने बडी डिजाइन र १८० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको कारण यसले बजारमा राम्रो ब्यापार गर्ने अनुमान गरिएको छ ।

गाडी चार्जमा राखेर कसरी समय विताउने भन्ने चिन्ता हुने मानिसलाई यसमा दिइएको इन्ब्यूल्यट युट्युब, टिकटक र स्पोर्टीफाईले लोभ्याउन सक्छ । साथै, थ्रिएटरको जस्तो साउण्ड सिस्टम भएको कारण जे चलाएर पनि चालकले समय कटाउन सक्छन् ।

कम्पनीले यसको आधिकारीक मूल्य अहिलेसम्म घोषणा गरेको छैन । तर, यसलाई भेरियन्ट अनुसार ४६ लाखदेखि ५८ लाख भित्रै मूल्य तोकेर बुकिङ खुला गर्न लागेको बुझिएको छ ।


Back_to_top