चार ब्राण्डमा एकै साथ सीजीको एक्सचेन्ज क्याम्प

काठमाडौं । सीजी मोटर्सले बिक्री गर्दै आएको आधा दर्जन ब्राण्डका विद्युतीय साधनमा एक्सचेन्ज क्याम्प लगाएको छ । कम्पनीले डायुन, एवोन वाई, एक्सपेङ र नेटा ब्राण्डका गाडीमा एक्सचेन्ज क्याम्प लगाएको हो ।

सीजी मोटर्सले थापाथलीमा रहेको आफ्नो शोरुमहरुमा एक्सचेन्ज क्याम्प लगाएको हो । उक्त एक्सचेन्ज क्याम्पमा कम्पनीले विशेष फाइदाहरु उपलब्ध गराउने जनाएको छ ।

सहजै फाइनान्स सुविधा, स्पट एक्सचेन्ज, एक्सचेन्ज बोनास, निःशुलक ७ किलोवाट क्षमताको एसी चार्जर, एक वर्षको वार्षिक कर, अटो प्लस इन्स्योरेन्स पाउन सकिन्छ ।

हरेक ग्राहकलाई टेस्ट ड्राइभमा विशेष उपहार र यस योजनामा सहभागी हुने ग्राहक मध्येबाट एक जनालाई आईफोन १६ उपहारमा प्रदान गरिने कम्पनीले जनाएको छ ।


Back_to_top