सुन्दर यातायातको बस स्टार्ट गर्दा आगलागी, ३७ हजारको क्षती

काठमाडौं । धुम्बाराहीमा सुन्दर यातायातको इलेक्ट्रिक बसमा गाडी स्टाट गर्दा आगोलागी भएको पाइएको छ । बुधबार राती करिब १० बजेर ४५ मिनेट जाँदा प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको इलेक्ट्रिक बसमा आगगाली भएको थियो ।

सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले गाडी चार्ज गरेर पार्किङमा लैजान गाडी स्टाट गर्दा ब्याट्री सट भएको मेरोअटोलाई जानकारी दिए ।

‘लो भोल्टेज ब्याट्री सट भएको हो । सट हुने वित्तिकै हामीले दमकल बोलायौँ तर, दमकलको आवश्यक नै परेन । हामीसँग भएको फायर एक्सटिङगुसर (आगो निभाउने उपकरण)ले नै आगो निभाउन सक्यौँ ।’ अध्यक्ष थापाले भने,‘ ब्याट्री फेर्न ३७ हजार लाग्छ । त्यो हामीले आजै फेरेर भोलिदेखि गाडी सडकमा गुडाँउछौँ ।’


Back_to_top