ईभी, हाइब्रिड र पेट्रोल कार मध्ये कुन बनाउन धेरै खर्च ?

काठमाडौं । विद्युतीय सवारी साधन किन्न नचाहने मानिसले गर्ने तर्क मर्मत खर्च धेरै लाग्छ भन्ने हो । दुर्घटना भएको खण्डमा विद्युतीय गाडीमा क्षती धेरै हुने सम्भावना रहन्छ । त्यसैले मर्मत खर्च ईभीको धेरै लाग्छ भन्ने आम धारणा बन्दै गएको छ ।

ईभीको सबैभन्दा महंगो बस्तु ब्याट्री हो । गाडीको तल्लो भागमा रहने ब्याट्री यदि बिग्रेको खण्डमा आजकै मूल्य अनुसार पनि २० देखि ३० लाख रुपैयाँसम्म लाग्ने भएको कारण यसको मर्मत खर्च महंगो भन्ने धारणा बनेको हो ।

अमेरिकी कम्पनी मिचेलले गरेको अध्यन अनुसार इन्धन र ब्याट्रीबाट चल्ने सवारी साधनको मर्मत खर्च लगभग समान थियो । मिचेलले अटोबजार, बीमा, प्रविधि लगायतका विषयमा अध्ययन गर्दै आएको छ ।

मिचेलको रिपोर्टमा ईभी, प्लगइन हाइब्रिड र पेट्रोल कारको मर्मत खर्च बारे उल्लेख छ । अमेरिकी बजारमा विद्युतीय कार मर्मतमा औषत ६ हजार २३६ डलर, हाइब्रिड कारको मर्मतमा ५ हजार ५८३ डलर र पेट्रोल कारको मर्मतमा ५ हजार ६६ डलर खर्च हुने देखिएको हो । उसले यो रिपोर्ट बीमा कम्पनीहरुमा सर्बे गरेर तयार पारेको जनाएको छ ।


Back_to_top