काठमाडौं । दीपल एस-०५ विभिन्न तीन भेरियन्टमा आएको छ । थाइल्याण्डमा बिक्री सुरु भएको एस-०५ चाँडै नेपाल आउने मोडल हो ।
थाइल्याण्डमा दीपल एस-०५ मोडल लाइट, प्लस र म्याक्स भेरियन्टमा उपलब्ध रहेको छ । सम्भवत एमएडब्लू वृद्धिले यी तीनवटै भेरियन्ट हाम्रो बजारमा ल्याउने छ । नेपाली बजारमा पनि दीपल एस-०५ थाइल्याण्डबाटै आउने छ ।

साइजमा पनि निकै आकर्षक एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । यसको ह्वीलवेस पनि २८८० एमएम छ ।
हाइडेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।
स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ । क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ ।
दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वल्र्डमा यसको रेन्ज ४०० किलोमिटर आसपास रहने अनुमान गर्न सकिन्छ ।
दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो ।

