निसानको पोखरा अटो शो अफरः मासिक २६ हजार किस्तामा म्याग्नाइट

काठमाडौं । पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा निसानको म्याग्नाइट एसयूभीमा स्पेशल स्कीम चलिरहेको छ । पोखराको लागि निसानको बिक्रेता इलाइट मोटर्सले मासिक २६ हजार ३२० रुपैयाँ मासिक किस्ताबाटै म्याग्नाइट खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीले वाडा अटो शो स्पेशल स्कीमभन्दै एक वर्षको इन्स्योरेन्स, चालु वर्षको वार्षिक कर, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी दिने जनाएको छ । निसान म्याग्नाइट नेपालमा उपलब्ध मध्येको कम मूल्यमा किन्न सकिने सब फोर मिटर एसयूभी हो । यसको सुरुवाती भेरियन्टको मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

निसान म्याग्नाइटको फेसलिफ्ट मोडल दुई महिना अगाडि मात्रै बजारमा आएको थियो । विद्युतीय गाडीको दबदबा रहेको समयमा आएको म्याग्नाइटले सुरुवाती दिनमै राम्रै संख्यामा बिक्री पाएको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।

म्याग्नाइट फेसलिफ्टमा १.० लिटर क्षमताको रेगुलर र १.० लिटरकै टर्बो चार्ज्ड इन्जिन दिएको छ । निकै किफायती इन्जिन रहेको म्याग्नाइटले प्रतिलिटर १४ किलोमिटर हाराहारी माइलेज दिने कम्पनीको दावी छ ।


Back_to_top