आगलागीको समस्यापछि मर्सिडीजले फिर्ता मगायो १२ हजार ईभी

काठमाडौं । जर्मन लग्जरी ब्राण्ड मर्सिडीज बेन्जले चिनियाँ बजारमा बिक्री गरेको १२ हजार ३०८ युनिट कार फिर्ता बोलाउने भएको छ । कम्पनीले सन् २०२१ अप्रिलदेखि २०२३ अक्टोबरसम्म उत्पादन मिति भएका इक्यूए र इक्यूबी मोडल फिर्ता बोलाउने भएको हो ।

अप्रिल १६ तारिखबाट समस्या देखिएका इक्यूए र इक्यूबी मोडल फिर्ता बोलाउने सुचना जारी गरेको हो । यसरी फिर्ता बोलाएको गाडीमा भएको सफ्टवयर ठिक गर्ने कम्पनीले जनाएको छ ।

अहिले इक्यूए र इक्यूबीमा भएको हाइ भोल्टेज ब्याट्री उत्पादन प्रक्रियामा उतारचढाव देखिएको र त्यसलाई ब्याट्री ब्यवस्थापन प्रणालीले ठिक नगर्दासम्म ब्याट्रीमा आन्तरिक सर्ट सर्किटको जोखिम हुने भन्दै बनाउन रिकल गरिएको हो ।

आउने सक्ने सम्भावित जोखिम कम गर्न आफ्ना डिलर मार्फत गाडी सर्भिस सेन्टरमा बोलाएर बीएमएस अपग्रेड गर्ने मर्सिडीज बेन्जले जारी गरेको सुचनामा उल्लेख छ । अहिले तत्काल आफ्नो गाडीहरु ८० प्रतिशतभन्दा कम चार्ज राखेर चलाउन कुनै जोखिम नरहेको कम्पनीले जनाएको छ ।


Back_to_top