ट्रायम्फका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने, नगद कति चाहिन्छ ?

काठमाडौं । ट्रायम्फ मोटरसाइकलले एक्सचेन्ज एण्ड टेष्ट राइड योजना सार्वजनिक गरेको छ । कम्पनीले नागरिकताको भरमा मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको यो योजना १ अप्रिलदेखि सुरू भएर ६ अप्रिलसम्म संचालन हुनेछ । भोलिबाट सुरु हुने यो स्कीम एक साता चल्नेछ ।

यो एक्सचेन्ज तथा टेष्ट राइड योजनामा ग्राहकले टेष्ट राइड गर्दा निःशुल्क कफी पाउने छन् । एक्सचेन्ज मार्फत आफुसँग भएको पुरानो मोटरसाइकलसँग नयाँ ट्रायम्फ मोटरसाइकल साट्न सकिनेछ ।

फाइनान्स मार्फत मोटरसाइकल किन्न चाहाने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर नागरिकता कै भरमा मोटरसाइकल किन्न कर्जा दिने भएको हो । फाइनान्समा ग्राहकले कुनै झण्झट बिनानै लोन पाउने कम्पनीको भनाइ छ ।

यसरी जुनसुकै माद्यमबाट ट्रायम्फ मोटरसाइकल किन्दा २० हजार रुपैयाँ बराबरको एरो हेलमेट निःशुल्क पाउने छन् ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० र स्क्रायम्बलर ४०० एक्स बिक्री गर्दै आएको छ ।

ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुबै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यी दुबै मोटरसाइकलमा समान फिचरहरू छन् । ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरु छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जीङ पोर्ट, एलइडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।

कम्पनीले ट्रायम्फको स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्वलरको मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो । यसको ५० प्रतिशत मूल्य डाउन पेमेन्ट गरेर मोटरसइकल मासिक किस्तामा किन्न सकिन्छ ।


Back_to_top