दैनिक ५४१ किलोमिटर हुन्डाई आयोनीक-५ चलाएपछि…

काठमाडौं । कोरियाका एक चालकले हुन्डाईको आयोनीक-५ विद्युतीय क्रसओभर एसयूभीलाई ६ लाख ६६ हजार २५५ किलोमिटर गुडाएका छन् । पेशाले सेल्सम्यान रहेका गाडी धनीले सन् २०२३ आयोनीक-५ खरिद गरेका थिए ।

उनले करिब ३ वर्ष ४ महिनाको समय अवधिमा आयोनीक-५ यति धेरै किलोमिटर गुडाएका हुन् । उनले खरिद गरेपछिको दिन गणना गर्ने हो भने दैनिक यात्रा ५४१ किलोमिटर गरेको देखिन्छ ।

अझ रोचक कुरा के छ भने ६ लाख ६६ हजार २५५ किलोमिटर दूरी भनेको चन्द्रमाको राउण्ड ट्रिप गर्ने हो भने १ लाख किलोमिटरले मात्रै कम हो ।

एनसीएम व्याट्री ५ लाख ८० हजार किलोमिटर चल्यो

पछिल्लो समय एनसीएम र एलएफपी ब्याट्रीको लाइफ तथा सेफ्टीको बारेमा नेपालमा खुबै चर्चा हुने चलिरहेको छ । यस्तोमा हुन्डाईले आयोनिक-५ मा प्रयोग गरेको एलजीकेमले बनाएको पुरानो जेनेरेशनको ब्याट्री ५ लाख ८० हजार किलोमिटरसम्म निर्वाध रुपमा चलेको हो ।

कम्पनीले उक्त ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी दिने गरेको छ । यसको मतलब आयोनिक-५ को ब्याट्री वारेन्टी भन्दा ३.६ गुणा बढी चलेको हो ।

हुन्डाईले दिएको वारेन्टी भन्दा धेरै चलेकाले हुन्डाईले ब्याट्री भने ५ लाख ८० हजार किलोमिटर गुडेपछि पनि निःशुल्क फेरिदिएको हो ।


Back_to_top