टाटाका उत्पादन टेस्लाले प्रयोग गर्ने

काठमाडौं । टाटा ग्रुपका कम्पनीहरु अमेरिकी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाको ग्लोवल सप्लायर्स बनेको छ । टाटा ग्रुप अन्तर्गतको टाटा अटोक्रप, टाटा कन्सल्टेन्सी सर्भिस, टाटा टेक्नोलोजी र टाटा इलेक्ट्रोनिक्स टेस्लाको ग्लोबल सप्लायर्स बनेको हो ।

टेस्लाले भारतमा उत्पादन सुरु गरेमा टाटाको टेस्लासँग थप सहकार्य हुने अनुमान गरिएको छ । टेस्लालाई टाटा ग्रुपका कम्पनीहरुले वायरीङ हार्नेस, इलेक्ट्रीक मोटर्स, गियरबक्स, कास्टीङ सिट मेटल, हाइभ्यालु इलेक्ट्रोनिक्स गुड्स बिक्री गर्नेछ ।

यसका अलावा सस्पेन्सन सिस्टम, इलेक्ट्रीक पावर ट्रेन, बल र सेरामिक बेरिङ पनि टाटाले सप्लाई गर्ने भएको हो । टाटा अटो कम्पनी ईभी इन्जिनियरीङ प्रोडक्टहरुमा स्पेशलाइज मानिएको छ ।

त्यस्तै टाटा टेक्नोलोजीले प्रोडक्ट लाइफ साइकल इण्ड टु इण्ड मेनेजमेन्टको अफर गरेको छ । टेस्लालाई टीसीएसले सर्किट बोर्ड टेक्नोलोजी र टाटा इलेक्ट्रोनिक्सले चिप्सको सप्लाई गर्नेछ ।

टेस्लाले भारतमा उत्पादन सुरु गरेमा थप सर्किट बोर्ड एसेम्बली पनि टाटाले प्रदान गर्नेछ । जुन, टेस्लाको ब्याट्री मेनेजमेन्ट सिस्टम र मोटर कन्ट्रोल युनिट तथा डोर कन्ट्रोलमा समेत प्रयोग हुनेछ ।

टेस्लाले टाटा ग्रुप बाहेक अन्य दर्जन बढी भारतीय कम्पनीहरुबाट पनि क्रिटिकल कम्पोनेन्ट सोर्स गरिरहेको छ । यसमा सम्भदएना मदरसन, सुप्रजित इन्जिनियरिङ, सोना बीएरडब्लू, भेरोक इन्जिनियरीङ, भारत फोर्ज, सान्दार टेक्नोलोजी जस्ता कम्पनी छन् ।

टेस्लाको भारतीय कम्पनीहरुसँग भएको सप्लाई सम्झौताको मूल्य १.७ देखि १.९ बिलियन डलरसम्म छ । टेस्लाले चीनमा कोभिड १९ को समयमा भएको सप्लाई चेनका अबरुद्ध पछि क्रिटिकल इलेक्ट्रोनिक्स तथा मेकानिकल कम्पोनेन्ट अन्य देशबाट लिने खोजी भइरहेको थियो ।


Back_to_top