बीवाइडीको तिब्र गतिको चार्जलाई उछिन्दै जीकर

काठमाडौं । बीवाइडीले दुई साता अगाडि सार्वजनिक गरेको १००० किलोवाटको डिसी चार्जरलाई उछिन्दै जीकरले शक्तिसाली चार्जर ल्याउने भएको छ ।

जीकरका उपाध्यक्ष झाओ युहुईले चीनमा आयोजना भएको ‘ईभी-१०० फोरम’मा नयाँ चार्जरको विषयमा जानकारी दिएका हुन् । उनका अनुसार कम्पनीले ल्याउने चार्जर पुर्णत लिक्विड कुल्ड हुनेछ । यसको क्षमता १२०० किलोवाटको हुनेछ । यसलाई संचालन गर्न १.२ मेगावाट विद्युतको आवश्यकता पर्छ ।

जीकरले यसअघि ३६० किलोवाट, ६०० किलोवाट र ८०० किलोवाटका चार्जर बनाएको थियो । अब ल्याउने १२०० किलोवाटको चार्जर निकै परिवर्तनकारी हुने झाओको दावी थियो । अहिले नै जिकरसँग चीनमा ४ हजार ७ सुपर चार्जरहरु छन् ।


Back_to_top