काठमाडौं । बजाजले पल्सर सिरिजका तीन मोटरसाइकलको मूल्य वृद्धि गरेको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर १५० सिगंल डिस्क, डबल डिस्क र पल्सर २२० एफको मूल्य बढाएको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार तीनै मोडलमा १÷१ हजार रुपैयाँले मूल्य बढाएको छ ।
मूल्य बढेसँगै पल्सर १५० सिगंल डिस्कको मूल्य ३ लाख १० हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, डबल डिस्क पल्सर १५० को मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ भएको छ । यसअघि दुवै मोटरसाइकलको मूल्य क्रमशः ३ लाख ९ हजार ९०० र ३ लाख २८ हजार ९०० रुपैयाँ रहेको थियो ।
त्यसैगरी, पल्सर २२० एफको नयाँ मूल्य ४ लाख ११ हजार ९०० रुपैयाँ पुर्याएको छ । यसअघि यसको मूल्य ४ लाख १० हजार ९०० रुपैयाँ रहेको थियो ।
कम्पनीले अन्य मोटरसाइकलको मूल्य भने यथावत नै राखेको छ ।
बजाजको नयाँ मूल्यसूची


