बीवाइडी एसिया प्यासिफिकमा साइमेक्स इंकले पायो चार अवार्ड

काठमाडौं । बीवाइडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एकैपटक चार अवार्ड पाएको छ ।

साइमेक्सले चीनको शेन्जेनमा सम्पन्न बीवाइडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा चार अवार्ड हात पार्न सफल भएको हो ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित उक्त कार्यक्रममा साइमेक्सले अल ब्रान्ड टप सेल्स, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर, २०२४ एक्सिलेन्ट पार्टनर र टप २० स्टोर अवार्ड पाएको हो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व गरे बापत साइमेक्स प्रतिष्ठित चार अवार्डबाटसम्मानित भएको छ । त्यस्तै, बिक्रीमा असाधारण उपलब्धि हात पार्न योगदान गरेका लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड पाए ।

त्यस्तै, बीवाइडीको दाङको आधिकारिक डिलर टिम एलेभेन ईभी वल्र्ड प्रालिले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड पायो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रालिले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड पाए ।

साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले बीवाइडी एसिया प्यासिफिकमा प्रतिष्ठित पुरस्कार पाउनुमा सिंगो टिम र डिलरको समर्पण र कडा परिश्रमको परिणाम भएको बताए ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौं,’ उनले भने ।


Back_to_top