काठमाडौं । चेरी मोटर्सले सन् २०१४ मा उत्पादन बन्द गरेको क्यूक्यू ह्याचब्याक कार अब नयाँ लुक्सका साथ बजारमा ल्याउने भएको छ ।
चेरीले यही महिना (अप्रिल)को अन्त्यमा आयोजना हुने सांघाइ अटोशोमा क्यूक्यू ह्याचब्याक कारको सिरिज नयाँ रूपमा ल्याउने भएको हो ।
यङ पिपुल फस्ट कारका रूपमा पोजिसन भएको क्यूक्यू चेरी मोटर्सले सन् २००३ मा क्यूक्यू ३ नाममा लन्च गरेको थियो । कम्पनीले २० वर्षपछि क्यूक्यू बजारमा ल्याउन लागेको हो ।
गत बिहीबार सार्वजनिक भएको क्यूक्यूको कन्सेप्ट इमेजमा अनुसार क्यूक्यू ब्ल्याक एण्ड ह्वाइट एक्टेरियरमा मोर्डन लुक्समा आउने भएको हो । नयाँ क्यूक्यूको राउण्ड बडी डिजाइनमा फ्रन्टमा क्लोज ग्रिल, जिओमेट्रिक हेडलाइट रहेको छ । यो कारको साइडमा डिजिटल साइड मिरर, प्ल्स सेपको रिम रहेको छ भने बाहिरबाट डोर ह्याण्डल देखिएको छैन ।

यसको प्रडक्सन भेरियन्टमा फ्लस डोर ह्याण्ड हुने सम्भावना रहेको छ । नयाँ क्यूक्यूको लोगो फ्रन्ट रियर तथा सी पिल्लरमा समेत दिएको छ । यसको रियर डिजाइन पनि फ्रन्टको जस्तै राउण्ड सेपमा रहेको छ । रियरमा फ्यूचरिस्टिक डिजाइनको ब्याक लाइट तथा हाइमाउण्टेड ब्रेकलाइट दिएको छ ।
१० वर्षमा कमब्याक गर्न लागेको चेरीको क्यूक्यू इलेक्ट्रीक पावरट्रेनमा आउन लागेको हो । पछिल्लो समय सबै कम्पनीहरूले अफोर्डेबल प्राइसमा इलेक्ट्रीक मिनीकार ल्याइरहेका छन् । चेरीले पनि यसै सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने गरि क्यूक्यू नयाँ स्वरूपमा ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।
कम्पनीले यो कारको स्पेसिफिकेसनका बारेमा कुनै जानकारी दिएको छैन । चेरी मोटर्सले संघाइ अटोशोमै यसको थप जानकारी सार्वजनिक गर्नेछ ।


