एप्पलले पुनः अगाडि बढायो ड्राइभरलेस कारको प्रोजेक्ट

संसारकै प्रतिष्ठित स्मार्टफोन निर्माता कम्पनी एप्पलले टिटान ड्राइलेस टेक्नोलोजी प्रोग्राम सुचारु गर्ने भएको छ । यो परियोजनाअन्तर्गत कम्पनी ड्राइभरलेस सफ्टवेर तथा हार्डवेयरको विकास तथा विस्तार गर्ने भएको हो । 

सन् २०१८ मा एप्पलले टेस्लाका पूर्व हार्डवेयर इन्जिनियर डग–फिल्डलाई परियोजनमा विशेष भूमिका प्रदान गरेको थियो । हाल डगलाई टिटान प्रोजेक्टको लिडिङ्ग रोलमा राखिएको छ । उनकै उपस्थितिमा कम्पनी सफ्टवेयर तथा हार्डवेयर निर्माण कार्यमा जुट्ने भएको हो । 

एप्पलका सीईओ टिम–कुकले २०१७ मा अटोनोमोस कार निर्माण गर्ने घोषणा गरेका थिए । कम्पनीले अटोनोमस कार प्रविधिको विकासलाई निरन्तरता दिने क्रममा आफ्नै कारको प्रजेक्ट बन्द गरेको थियो । द न्यूयोर्क टाइम्सकाअुसार नयाँ परियोजनामा असर पर्ने भएकाले कम्पनीले पुरानो एप्पल कार उत्पादन प्रजेक्टलाई रोकेको हो । 

कम्पनीका प्रमुख अधिकारीले भने फुल्ली अटोनोमस कारको उत्पादनलाई निरन्तरता दिन चाहेका थिए । तर, सेमी अटोनोमस कार उपयुक्त हुने टिका–टिप्पणीपश्चात् उक्त योजनाले प्राथमिकता पाउन नसकेको हो । उक्त परियोजनाको छलफलले समयमा नै निकास नपाएपछि एप्पल कम्पनी आफ्नो प्रतिद्वन्दी कम्पनीभन्दा पछाडि परेको थियो ।

२०१७ मा आयोजित एक कार्यक्रमा बोल्दै कुकले आफ्नो कम्पनी पूर्णरुपमा अटोनोमस प्रणालीको विकास विस्तारमा लागेको बताएका थिए । उनले भनेका थिए, ‘हामी नयाँ प्रविधिबारे गहिरो अध्यनन गरिरहेका छौँ । यो परियोजना सम्पन्न गर्नु आफँैमा चुनौतीपूर्ण कार्य हो ।’

यसकासाथै, सन् २०१६ मा एप्पल कम्पनीले सो कल्ड–आई कार प्रोजेक्ट सुरु गरेको थियो । बीएमडब्ल्यू र डेमलरसँग सहकार्यअनुरुप काम नहुँदा योजना अगाडि बढ्न नसकेको हो । एबीआई रिसर्च एनलाइसिस्ट जेम्स हडगनले उक्त परियोजना सफल भएको भए ड्राइभलेस कार निर्माणमा थप राहत पुग्ने बताएका छन् । 

यसकासाथै, कम्पनीले ड्राइभरलेस प्रोजेक्ट परिवर्तन गरेसँगै एक हजारभन्दा कर्मचारीलाई स्थानान्तरण गरेको थियो भने नयाँ योजना सुरु भएसँगै कम्पनीले २ सयजना कर्मचारीलाई अवकाश दिएको थियो । ती कर्मचारीले पुनः क्लानिफोर्नियाका कम्पनीमा रोजगारी सुरु गरिएको शङ्का गरिएको छ । 


Back_to_top