काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वरसँगै ३ ठाउँमा पिकएण्ड ड्रपको व्यवस्था लागु गर्ने भएको छ । जाम हटाउनका लागी पिक एण्ड ड्रप व्यवस्था ल्याउन लागेको महानगरका प्रवक्ता इश्वरमणी डंगोलले मेरोअटोलाइ बताए ।
उनले अबको अवस्थामा कोटेश्वसँगै माइतीघर, त्रीपुरेश्वर र लाजिम्पाटमा पनि पिक एण्ड ड्रपको व्यवस्था ल्याउन लागेको बताए ।
‘हामी अहिले रत्नपार्कलाई पिक एण्ड ड्रपको दायरमा ल्याउने क्रममा छाै । अब विस्तारै कोटेश्वर हुँदै माइतीघर, त्रिपुरेश्वर र लाजिम्पाटमा पनि पिक एण्ड ड्रप व्यवस्था लागु गर्ने छौँ,’ डंगोलले भने ।
उनका अनुसार पछिल्लो समय जनस्तरबाट नै माइतीघर, त्रिपुरेश्वर, लाजीम्पाटमा पनि पिक एण्ड ड्राप व्यवस्था लागु गर्न माग आएको हो ।
उनले धेरै जाम पर्ने गरेका यी स्थानहरुबाट जन स्तरबाटनै त्यँहा पिक एण्ड ड्रप लागु गर्न माग आएको बताए ।
‘जन स्तरबाट उठेको कुरालाई हामीले ठाउँ दिने हो, अहिले हामी त्यसका लागि अध्ययनका क्रममा छौँ, नयाँ ठाउँहरुमा कसरी जाम हटाउन सकिन्छ त्यसको अध्ययनको रिपोर्ट पछि काम अगाडी बढाइन्छ,’ डंगोलले भने ।
उनले अन्य ठाउँहरुमा पनि विस्तारै जाम हटाउँदै जाने र पिक एण्ड ड्रप व्यवस्था लागु गर्ने बताए ।


