राप्रपाको प्रदर्शनले आज काठमाडौंका यी रुटमा सवारी आवगमन प्रभावित हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा गर्ने विरोध प्रदर्शनको क्रमका विभिन्न रुटमा सवारी आवगमन प्रभावित हुने भएको छ ।

राप्रपाले विभिन्न स्थानबाट र्‍याली निकाल्दै बल्खुमा जाने कार्यक्रम रहेकाले सवारी आवगमन प्रभावित हुने भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार  विभिन्न रुटको सवारी डाइभर्सन गरिएको छ । जसमा खसीबजार-मकालु-कलंकी चोक-बाफल, बल्खु चोक-कुलेश्वर-कालिमाटी चोक हुँदै टेकुमा रुटमा सवारी डाइभर्सन गरिएको  छ । त्यस्तै, कीर्तिपुर-सुन्दरीघाट-सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।

आवश्यक परेको खण्डमा त्रिपुरेश्वर-बालाजु-हलचोक-नैकाप हुँदै सितापाईला र चोभार-फर्पिङ-नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

नयाँबसपार्क र सितापाइला-बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।


Back_to_top