ट्रायम्फ मोटरसाइकल सोल्ड आउट, नयाँ किन्नेले केही समय कुर्नु पर्ने

काठमाडौं । ट्रायम्फ मोटरसाइकल सोल्ड आउट भएको छ । ट्रायम्फ मोटरसाइकल नेपालले अप्रिल १ देखि ६ सम्म आयोजनाका गरेको एक्सचेन्ज क्याम्पमा सबै मोटरसाइकल बिक्री भएको हो ।

६ दिनसम्म सञ्चालनमा रहेको यो कार्यक्रम नक्सालस्थित बाईकर्स क्याफेमा आयोजना गरिएको थियो, जहाँ विभिन्न ब्रान्डका मोटरसाइकल धनीहरूले आफ्नो पुरानो बाइक साटेर ट्रायम्फमा अपग्रेड गर्ने अवसर पाएका थिए ।

ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले विभिन्न स्कीमसहित एक्सचेन्ज क्याम्प आयोजना गरेको थियो । यो एक्सचेन्ज क्याम्पमा स्पट एक्सचेन्ज अफर, सहज फाइनान्सिङ र उत्कृष्ट भ्यालुएसन सुविधा उपलब्ध गराएको थियो । कम्पनीले हरेक मोटरसाइकल खरिद गर्दा २० हजार बराबरको एरो हेलमेट निःशुल्क उपलब्ध गराएको छ ।

‘हामीले सोचेभन्दा धेरै उत्साहजनक प्रतिक्रिया पायौं । शोरुममा लगातार आउने ग्राहकहरूको भीड थियो र सबै बाइक छोटो समयमा बिक्री भए । यो एक्सचेन्ज क्याम्प ट्रायम्फ परिवारमा नयाँ राइडरहरू स्वागत गर्ने उत्कृष्ट माध्यम बन्याे’, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने ।

रगेड लुक्स, मजबुत बिल्ड क्वालिटी, र उच्च प्रदर्शनका लागि चिनिएको ट्रायम्फ मोटरसाइकलहरू अहिले शहरभित्रको सवारीदेखि लामो यात्रासम्मको लागि नेपाली राइडरहरूको रोजाइ बन्दै गइरहेको छ । एक्सचेन्ज क्याम्पको यो सफलताले नेपालमा ट्रायम्फ ब्रान्डको विस्तार हुँदै गएको संकेत दिन्छ ।

 


Back_to_top