यी दुई अवस्थामा दुर्घटना नभए पनि चालकले क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडौं । अब सवारी दुर्घटना नगराए पनि दुई अवस्थामा सवारीधनीले क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’को मस्यौदामा सवारी दुर्घटना नगराए पनि सवारीधनीले क्षतिपूर्ति तिनुपर्ने व्यवस्था गरिएको हो ।

प्रस्तावित विधेयक अनुसार सवारी साधन गुड्ने भाग वा निषेधित क्षेत्रमा पार्किङ गराई राखेका सवारी साधनका कारण दुर्घटना भई हानी नोक्सानी भएमा पार्किङ गराउने सवारीधनी तथा चालकबाट क्षतिपूर्ति असुल गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै, सवारी गुड्ने भाग वा सडक पेटीमा अनधिकृत रूपमा मालसमान राखेका कारण वा अन्य क्रियाकलापका कारण दुर्घटना भई क्षति पुगेमा पनि सम्बन्धित व्यक्ति वा संस्थाबाट क्षतिपूर्ति असुल उपर गरिने मस्यौदामा प्रस्ताव गरिएको छ ।


Back_to_top