बिशेषता र प्रतिष्ठाको लडाई, टीभीएस स्ट्राइकर VS हिरो सुपर-स्प्लेन्डर

काठमाडौं । हिरो ब्राण्डको नेपालमा अत्याधिक प्रयोगमा आएको मोटरसाइकल हो, सुपर-स्प्लेन्डर । नेपालका लागि जनरल मार्केटिङ्ग प्रालिले बिक्री–वितरण गरका बाइकहरूमध्ये सुपर-स्प्लेन्डर धेरै रुचाइएको मोटरसाइकल हो । यस्तै, टीभीएसका लागि नेपालको आधिकारीक वितरक जगदम्बा मोटर्सले स्ट्राइकरकाे नयाँ भर्सन गत साउन २६ गते सार्वजनिक गरेको हो । सस्तो, स्टाइलिस र आधुनिक फिचर्सका कारण पछिल्लो समय टीभीएस स्ट्राइकरले नेपालको दुईपाङ्ग्रे सवारीको क्षेत्रमा राम्रो प्रभाव जमाइरहेको छ । यहाँ हामीले यी दुई मोटसाइकलबीच तुलनात्मक अध्ययन गरका छौँ ।

इन्जिन

टीभीएस स्ट्राइकर मोटरसाइकल तीन रङ्ग क्रिमसन–ह्वाइट, भोल्क्यानो–रेड र मेटालिक–ब्लू (सेतो, रातो र निलो) मा उपलब्ध छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फोर–स्ट्रोक एयरकुल्ड १२५ सीसी इन्जिनले ८ हजार आरपीएममा ११ बीएचपी पावरकासाथै ५५ सय आरपीएममा १०.८ एनएम–टर्क उत्पादन गर्छ । यसको अगाडिको चक्कामा डिक्स र पछाडि ड्रम–ब्रेक लगाइएको छ । हिरो स्प्लेन्डरमा फोर–स्ट्रोक सिङ्गल ओएचस्ीा १२५ सीसी इन्जिन लगाइएको छ । यसले ७ हजार आरपीएममा ९.१२ पीएस पावरकासाथै ४ हजार आरपीएममा १०.३५ एनएम–टर्क उत्पादन गर्छ ।

माइलेज

टीभीएस स्ट्राइकर मोटरसाइकलले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा ९० किलोमिटर रहेको छ । हिरो स्प्लेन्डरले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्छ । यसको टपस्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

डायमेन्सन

टीभीएस स्ट्राइकर मोटरसाइकलको तौल ११७ किलोग्राम रहेको छ भने, हिरो स्प्लेन्डरको तौल १२१ किलोग्राम रहेको छ । स्प्लेन्डरको लम्बाई १९९५ लम्बाई, चौडाई ७३५ एमएम र उचाई १०९५ एमएम रहेको छ । यसमा १२६५ एमएमको ह्वील बेशकासाथै १५० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । दुबै मोटरसाइकलमा समान ७८५ मिमिको सिट–हाइट उपलब्ध छ । स्प्लेन्डरमा १८ इन्च अलोय ह्वील लगाइएको छ । स्ट्राइकरको लम्बाई २०१३ मिमि, चौडाई ७५२ एमएम र उचाई १०८५ एमएम रहेको छ । यसमा १२७३ मिमिको ह्वीलबेश र १७३ एमएम ग्राउन्ड क्लियरेन्स लगाइएको छ । यसमा १७ इन्च अलोय ह्वील लगाइएको छ ।

विशेषता

स्प्लेन्डरको फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक र रियरमा हाइड्रोलिक सन्स्पेन्सन लगाइएको छ । फ्रन्ट र रियरमा ड्रम–ब्रेक लगाइएको छ । स्ट्राइकरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा हाइड्रलिक ड्याम्पर लगाइएको छ । स्प्लेन्डरको फ्रन्टमा डिस्क र रियरमा ड्रम–ब्रेक लगाइएको छ । स्ट्राइकरमा १४.५ लिटर क्षमता भएको इन्धन ट्याङ्की रहेको छ भने बाइकमा ट्यूवलेस टायर, पूर्ण डिजिटल स्पीडोमिटर र पछाडि एलईडी बत्तिसमेत रहेको छ ।

मूल्य

नेपाली बजारमा टीभीएस स्ट्राइकरको मूल्य १ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ भने सुपर–स्प्लेन्डरको मूल्य १ लाख ९० हजार ५ सय रुपैयाँ रहेको छ । 

निस्कर्ष

पावर, माइलेज, डिस्क ब्रेक, ग्राउन्ड क्लियरेन्स, मूल्य लगायतका फिचरका आधारमा टीभीएस स्ट्राइकर उत्कृष्ट देखिएको छ । सुपर–स्प्लेन्डर नेपाली बजारमा लामो समयदेखि बिक्री वितरण हुँदै आएको बाइक हो । यस कारण पनि सुपर–स्प्लेन्डर नेपाली बजारमा लोकप्रिय रहेको छ । केहि समय अगाडी मात्र नेपाली बजारमा भित्रिएको टीभीएस स्ट्राइकर पनि ग्राहकले अत्याधिक रुचाइरहेका छन् । ग्राहकले आफ्नो आवश्यकता र रोजाइ अनुसार बाइक खरिद गर्न सक्नेछन् । 


Back_to_top