बजाज पल्सर १८० पनि एफ सिरिजमा आउँदै, यस्ता छन् विशेषता

बजाज अटाले भारतीय बजारमा पल्सर १८० काे एफ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिनअघि बजाज १८० को तस्वीर सार्वजनिक भएको थियाे । यो बाइक नन् एबीएसको मूल्य ८६ हजार र एबीएससहितको मूल्य १ लाख भारतीय रुपैयाँमा निर्धारण हुने अनुमान गरिएको छ । यसकाे बारेमा कम्पनीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 

भारतीय मिडियाका अनुसार बजाज अटोले निकट भबिष्यमै पल्सर १८० एफ सार्वजनिक हुनेछ ।  

बाइकमा १८० सीसी सिगंल सिलिन्डर, आयल कुल्ड, २ भल्भ इन्जिन रहको छ । यो इन्जिनले १७ बिएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीड ट्रान्समिसन रहने यो बाइकको तौल भने पुरानो बाइकको भन्दा केहि बृद्धि भएको छ । २०१९ भेरियन्टमा कम्पनीले पल्सर २२० को समान प्रोजेक्टर हेडल्याम्प दिएको छ । 


Back_to_top