२ लाख ९८ हजार मूल्यबाटै बिक्री सुरू भयो बजाजको नयाँ बाइक

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाजका दुई मोटरसाइकल एक साथ बिक्री थालेको छ । कम्पनीले पल्सर एन-१२५ र एन-१६० बिक्री सुरु गरेको हो ।

नेपाली बजारमा २ लाख ९७ हजार ९०० मूल्य तोकेर पल्सर एन-१२५ मोडलको बिक्री सुरु भएको छ । एन-१६० को मूल्य भने ४ लाख १४ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

नेपाली बजारमा निकै रुचाइएको पल्सर सिरिजमा नयाँ मोडल र अपग्रेड सधैँ चलिरहेको हुन्छ । एन-१६० नेपाली बजारको लागि अपग्रेड भएको मोडल हो । पल्सर एन-१२५ भने विल्कुलै नयाँ मोडलको रुपमा बजारमा आएको छ । यी दुबै मोटरसाइकल समान डिजाइन ल्याङ्गवेजमा तयार भएका हुन् ।

नयाँ पल्सर एन-१६० मा यूएसडी फर्कका अलावा नयाँ डिजिलट कन्सोल तथा एबीएस मोड थप भएर आएको छ । नयाँ कन्सोलमा ब्लुटूथ केनेन्टिभिटी फिचरसमेत उपलब्ध छ । यसमा रेन, रोड तथा अफरोड गरी तीन एबीएस मोड पाउन सकिन्छ । अन्य सबै फिचर पहिल्यै अपलब्ध एन-१६० कै हो ।

त्यसैगरी एन-१२५ मोटरसाइकलमा १२४.५९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १२ पीएस पावर र ७००० आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

यस मोटरसाइकलको अगाडि कभर सहितको आरएसयू टेलीस्कोपीक फर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप छ । साथै, एन-१२५ मोटरसाइकलको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ ।

बजाजले यसमा १७ इन्चको अलोय ह्वील दिएको छ । यसको तौल १२५ किलोग्राम, सिट हाइट ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १९८ एमएम छ । पल्सर एन-१२५ मा एग्रेसीभ डिजाइन, मस्कुलर ट्यांक, आकर्षक हेडलाइट डिजाइन, स्ट्यान्ड आउट इलेमेन्ट्स र स्प्लीट सिट डिजाइनमा छ । एलइडी लाइट, जेड आकारको एलईडी डीआरएल, एलइडी टेल लाइट, टर्न इन्डिकेटरमा हेलोजन बल्ब लाइट पाउन सकिन्छ ।

चालकको सहजताको लागि मोटरसाइकलमा यूएसबी चार्जिङ पोर्ट, अपराइट ह्यान्डलबार, सिंगल पिस पिलियन ग्रयाब रेल, चंकी टायर र ठूलो आकारको डिजिटल एलसीडी स्क्रीन दिइएको छ । उक्त स्क्रीनमा ब्लूटुथ कनेक्टिभिटी डिटेल्स, ट्रिप मिटर, स्पीडोमिटर, फ्युल गेज, टेकोमिटर, समय जस्ता सूचनाहरु हेर्न सकिन्छ ।


Back_to_top