नामी-०६ को मूल्य १२ हजार डलर, साउनमा नेपाल आउने, यस्ता छन् फिचर

काठमाडौं । डोङफेङ नामीले आफ्नो कम्प्याक्ट एसयूभीको प्रिसेल सुरू गरेको छ । सांघाई अटो शोमा देखाएको नामी-०६ चीनबाट प्रिसेल सुरू भएको हो ।

चिनियाँ बजारमा १२ हजार ३२० डलर अर्थात् १६ लाख ६८ हजार रुपैयाँ मूल्य तोकेर यसको प्रिसेल सुरू भएको हो । मूल्यका आधारमा यसको प्रतिस्पर्धा तत्काललाई बीवाइडी एटो-२ सँग हुने देखिएको छ ।

आगामी साउनमा नेपाल आउने बताइएको नामी-०६ जुन मूल्यमा चीनबाट प्रिसेल सुरू भएको छ । त्यही अनुसार आएको खण्डमा आकर्षक मूल्यमा पाउने निश्चित जस्तैछ ।

‘मूल्य लगायतका कुरा टुङ्गिएको छैन । अटो शो अगाडि हामी लन्च गर्नेछौं । हाम्रोमा बजेट लगायतका कुराले पनि मूल्यमा फरक पार्न सक्छ’, एमएडब्लू वृद्धिका सीईओ प्रसन्ना पन्तले मेरोअटोसँग भने ।

यसअघि डोङफेङ नामी-०१ मोडल नेपालमा बिक्री सुरु भएको थियो । नामी-०१ ह्याचव्याकले अहिले पनि नेपालमा राम्रै बजार पाइरहेको छ । मोर्डन फिचर र लग्जरीयस इन्टेरियरका नामी-०१ सफल भएको हो । त्यसैको निरन्तरता नामी-०६ मा पनि रहेको छ ।

नामी-०६ को फ्रन्ट फेसिया मिनीमल डिजाइनमा बनेको छ । क्लोजअफ ग्रिल, टी सेपको हेडलाइट र बीचमा एलइडी स्टीप दिइएको छ । यसको चारैतीर लोअर बडीमा प्लास्टीक क्लाडिङ प्रयोग भएको छ । ठूलो साइजको ह्वील आर्क रहेको एसयूभीमा फ्लस डोर ह्याण्डल र पछाडि दुई वटा एलइडी स्टीपसहितको भर्टिकल टेल लाइट दिएको छ ।

नामी-०६ को ड्यासबोर्डमा १२.८ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन र ८.८ इन्चको पातलो इन्ट्रुमेन्ट क्लस्टर रहेको छ । मोर्डन कारहरूमा हुने जस्तै ओभल सेपको टु स्पोक स्टेरिङ ह्वील, फेन्सी ड्यासबोर्ड, स्टेरिङको पछाडि गियर सिफ्टर दिएको छ । नामी ०६ को सेन्टर कन्सोलमा वायरलेस चार्जिङ प्याड, ६ वटा स्पीकर र मसाज सहितको हिटेड तथा भेन्टिलेटेड सिट दिएको छ ।

डोङफेङ नामी-०६ क्वान्टम आर्किटेक्चर ३ मा बनेको एसयूभी हो । यो क्रसओभर एसयूभीको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम, उचाइ १६४५ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस छ । १७ इन्चको ह्वील दिइएको एसयूभीमा ५०० लिटर क्षमताको बुट स्पेश साउन सकिन्छ ।

डोङफेङ नामी-०६ को फ्रन्टमा १३५ किलोवाटको मोटर छ । दुई ब्याट्री अप्सनमा आउने एसयूभीमा ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवरको एलएपपी ब्याट्रीप्याक छ । नामी-०६ को चार्जिङ स्पीड पनि उत्कृष्ट छ । यसलाई जम्मा १८ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


Back_to_top