बजाजको ३ वर्षे एमएसी लिनेले वार्षिक ८०० रुपैयाँमै मोटरसाइकल सर्भिसिङ गराउन पाउने
काठमाडौं । बजाजले ३ वर्षसम्मको एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले बजाज मोटरसाइकलका ग्राहकलाई लक्षित गर्दै एएमसी योजना ल्याएको हो ।
कम्पनीले सुरू गरेको यस योजना अन्तर्गत ग्राहकले १ वर्ष, २ वर्ष र ३ वषर्को योजना छान्न सक्नेछन् । ३ स्टेपमा आएको यस योजनामा छुट्टाछुट्टै सुविधाहरू पाइने छ ।
ग्राहकहरूले ३ वर्षे एएमसीमा ३ हजार २०० रुपैयाँ शुल्क बुझाएर ३ वर्षसम्म आफ्नो मोटरसाइकलमा सर्भिसिङ गराउन पाउने छन् । साथै, ग्राहकले अन्य थप सुविधा पनि यस योजनामा पाउने छन् । ३ वर्षे एमएमसी सुविधा लिने ग्राहकले वार्षिक ८०० रुपैयाँमै आफ्नो मोटरसाइक्ल सर्भिसिङ गराउन सक्नेछन् ।
त्यस्तै, २ हजार ८०० रुपैयाँ शुल्क बुझाएर २ वर्षसम्म र २ हजार ५०० रुपैयाँ शुल्क बुझाएर १ वर्षसम्म आफ्नो मोटरसाइकलमा सर्भिसिङ गराउन पाउने छन् । साथै, ग्राहकले अन्य थप सुविधा पनि यस योजनामा पाउने छन् ।
कम्पनीले ३ वर्षे एएमसी योजना सुरू गरेका ग्राहकलाई १५ ओटा फ्री सर्भिसिङसँगै १२ पटकसम्म फ्रीमा मोटरसाइकल वासिङ, लेबर चार्जमा ३५ प्रतिशत र स्पेयर पार्टसमा १२ प्रतिशतसम्म छुट सुविधा दिनेछ ।
त्यस्तै, ग्राहकले २ वर्षे योजना अन्तर्गत १० ओटा सर्भिसिङ, ८ ओटा वासिङ, ३५ प्रतिशत लेबर चार्ज र स्पेयर पार्टसमा १२ प्रतिशतसम्म छुट पाउने र १ वर्षे योजनामा १० ओटा सर्भिसिङ, ४ वासिङ, लेबर चार्जमा ३५ प्रतिशत र स्पेयर पार्टसमा १२ प्रतिशतसम्मको छुट सुविधा पाउने छन् ।
यो योजना नेपालभरका बजाजका आधिकारिक सर्भिस सेन्टरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।


