काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते सार्वजनिक गर्दैछ । नयाँ बजेटले ईभीमा कस्तो करको दर निर्धारण गर्छ, त्यहि अनुसार गाडी ल्याएर बिक्री गर्ने योजना ब्यवसायीहरुले बनाउँदै आएका छन् ।
सरकारले बजेट मार्फत एक वर्षको लागि करको दर टुङ्गो लगाउने भएकाले पनि ब्यवसायीहरुले बजेट अगाडि गाडी नल्याएका हुन् । यदि, बजेट अगाडि गाडी ल्याएर बिक्री थालेको खण्डमा लगत्तै कर वृद्धि भयो भने मूल्यको कारण अफ्ठ्यारो पर्ने आँकलन सहित ब्यवसायीले नयाँ मोडल नल्याएका हुन् ।
बजेट लगत्तै नेपाल ल्याएर बिक्री सुरु गर्ने योजना रहेका तीन एसयूभीका विषयमा हामीले यहाँ चर्चा गर्न लागेका छौं । यहाँ चर्चा गरिएका सबै एसयूभीहरु असार अन्तिमसम्ममा नेपाल आउन सक्ने बताइएको छ ।
दीपल एस-०५
दीपल एस-०५ एसयूभीको लम्बाइ ४६२० एमएम, चौडाइ १९०० र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलवेस छ ।
हाइ-डेफिनेशन क्यामेरा, फाइभ मिलिमिटर-वेभ राडार, १२ अल्ट्रासोनीक रेडार सहितको एसयूभीमा दीपल एस-०७ जस्तै मोर्डन फिचर, डिजाइन र टेक्नोलोजी प्रयोग भएको छ । इन्टेलिजेन्ट पार्किङ सिस्टम, क्रुज कन्ट्रोल, लेन रेन्टरिङ कन्ट्रोल जस्ता फिचर यसमा छन् ।

स्टील र आल्मुनियमको बडी, ६ वटा एयरब्याग, हिडन एसी भेन्ट उपलब्ध एसयूभीमा १५.४ इन्चको सेन्टर स्कृन पाउन सकिन्छ ।
क्वालकमको एसए ८१५५पी अटोमोटीभ चीप्स जडान भएको एस-०५ मा ठूलो एचयूडी रहेको छ । दीपलले यसमा १७५ किलोवाटको मोटर र ५६.१२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिएको छ । सीएलटीसीको अनुसार यो गाडीले ५१० किलोमिटर रेन्ज दिने छ । तर, रियल वर्ल्ड यसको रेन्ज ४०० किलोमिटर आसपार रहने अनुमान गर्न सकिन्छ ।
दीपलले एस-०५ मा ५० वाटको वायरलेस चार्जर, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, पानारोमिक सनरुफ, ६४ कलरमा उपलब्ध एम्बीयन्ट लाइट र ४९२ लिटरको ठूलो बुट स्पेस यसको बलियो पक्ष हो ।
जेको भी-२३
चीनमा आइकार ब्राण्डमा उपलब्ध भी-२३ लाइफस्टाइल एसयूभी नेपाल आउने छ । एसपीजी अटोमोबाइलले नेपाल ल्याउने भी–२३ मा ५९.९३ किलोवाट आवरको ब्याट्री रहनेछ । यसको रेन्ज ४०१ किलोमिटर आसपास रहनेछ ।
यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहनेछ । यसलाई कम्पनीले भविष्यमा नेपाली बजारमा अल ह्वील मोटरमा पनि ल्याउने सम्भावना छ । चीनमा अल ह्वील मोटरमा लन्च भइसकेको छ । यसको रियर ह्वील ड्राइभमा १०० किलोवाटको मोटर र पछाडि ५५ किलोवाट क्षमताको मोटर रहनेछ । अलह्वील ड्राइभको संयुक्त पावर १५५ किलोवाट हुन्छ ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर छ । स्क्वायर सेपमा एयरभेन्ट दिएको एसयूभीको ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रृन यसमा पाउन सकिन्छ ।
गाडीको साइज पनि ठिक्कको छ । यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस छ । यसमा ग्राउन्ड क्लियरेन्स पनि २०० एमएम अग्लो छ । भी-२३ को डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहने छ ।
एडास फिचर उपलब्ध एसयूभीमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।
स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको फिल दिने एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउन्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।
बीवाइडी सिलायन-७
साइमेक्स इंकले ढेड वर्ष अगाडि नेपालमा देखाएको सिलायन-७ ईभीको फ्रन्टमा डबल यू डिजाइनको फ्लोटिङ एलइडी हेडलाइट, कर्भी डिजाइनको फुल विथ एलइडी टेललाइट, फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील तथा डकटेल डिजाइनको रियल स्पोइलर दिइएको छ ।
मिड साइज एसयूभी सिलायन-७ को लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम र २९३० एमएम लामो ह्वीलबेस छ । यो ईभीको बोनेट मुनी ५८ लिटरको ट्रक तथा रियरमा ५०० लिटरको बुटस्पेश रहेको छ ।

आकर्षक डिजाइन तथा प्रिमियम फिचर प्याक इन्टेरियर पाउन सकिन्छ । यसमा दिएको रिदम फङ्सन सहितको आरजीबी डाइनामिक मुड लाइटले क्याबिनलाई रिच फिल गराउन सफल भएको छ ।
सिलायन ७ मा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको रोटेटिङ टचस्क्रृन इन्फोटेन्मेन्ट सिस्टम, एचयूडी डिस्प्ले, पानारोमिक ग्लासरुफ, इलेक्ट्रीक टेलगेट, १२ स्पीकर सहितको सराउण्ड साउण्ड सिस्टम, एनएफसी कार्ड की, ५० वाटको वायरलेस चार्जर, ड्राइभर मोनिटरिङ सिस्टम, भेहिकल टु लोड चार्जिङ जस्ता फिचर रहेको छ ।
नापा लेदर कभर रहेको एटवे पावर एड्जस्टमेन्ट सहितको भेन्टिलेटेड फ्रन्ट सिट, फोर वे पावर लम्बार एड्जस्टमेन्ट, मेमोरी फङ्सन, सिक्सवे पावर फ्रन्ट प्यासेन्जर सिट पाउन सकिन्छ ।
सुरक्षाको लागि सिलायन-७ मा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङ सहित १२ वटा सेन्सर, राडार, डिजिटल भिडियो रेकर्डर, हिलहोल्ड, अटोहोल्ड, हाइबिम असिस्ट जस्ता फिचर छन् । साथै, लेन डिपार्च वार्निङ, इमेर्जेन्सी लेन किपिङ असिस्ट, फ्रन्ट क्रस ट्राफिक ब्रेक, रियर क्रस ट्राफिक ब्रेक र एडास फिचर पाउन सकिन्छ ।
सिलायन ७ मा सिंगल मोटर रहेको प्रिमियम भेरियन्टमा २३० किलोवाटको रियर ह्वील ड्राइभिङ मोटर तथा अलह्वील ड्राइभ सहितको पफर्मेन्स भेरियन्टमा ३९० किलोवाटको ड्युल मोटर छ ।
बीवाइडीले सिलायन ईभीमा ८२.५६ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई १५० किलोवाटको डिसी फास्ट चार्जर र ११ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ । एक पटकको फुल चार्जमा ४५६ किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।


