जिली र लीपमोटरले पनि दिए इलेक्ट्रीक कारमा पनि भारी छुट

काठमाडौं । चीनमा ईभी बिक्रेता बीच गज्जपको प्राइसवार सुरु भएको छ । चीनकै ठूलो कार निर्माता बीवाइडीले आफ्ना मोडलहरुमा ३४ प्रतिशतसम्मले मूल्य कटौती गरेसँगै उसको मुख्य प्रतिस्पर्धी जिलीलले पनि आफ्नो कारमा छुट अफर दिएको हो ।

कम्पनीले आफ्ना विद्युतीय र हाइब्रिड कारमा मूल्य कटौती गरेको हो । जिलीले मोडल अनुसार ७.९५ प्रतिशतदेखि १८.४० प्रतिशतसम्म मूल्य कटौती गरेको हो ।

जिलीले आफ्नो स्टारसाइन-८ मोडलमा सबैभन्दा कम ७.९५ प्रतिशत छुट घोषणा गरेको छ । सबैभन्दा बढी छुट भने स्टारसिप-७ इएम-आई हाइब्रिडमा १८.४० प्रतिशत दिएको हो ।

नेपालमा समेत प्रोटोन इमास-७ नामबाट बिक्री हुँदै आएको ग्यालेक्सी ई-५ मा १६.७० प्रतिशत मूल्य कटौती गरेको हो । ग्यालेक्सी ई-५ मोडलले चीन र अन्य बजारमा बीवाइडी एटो-३ सँग नै प्रतिस्पर्धा गरिरहेको छ ।

यस्तो छ मोडल अनुसार छुट

अहिले बीवाइडी र जिलले मात्रै होइन अन्य ब्राण्डले पनि मूल्यमा भारी कटौती गरिरहेका छन् । यहिलेसम्म प्राप्त विवरण अनुसार एसएआईसी ग्रुपको आइएम मोटर्सले एलएस-६ मोडलमा १८.७६ प्रतिशतले मूल्य कटौती गरेको छ ।

आइएम मोटर्सले यसअघि २ लाख ३९ हजार ९०० युवानमा बिक्री हुँदै आएको एलएस-६ को मूल्य १ लाख ९४ हजार ९०० युवान कायम भएको छ । कम्पनीले एकै पटक ४५ हजार युवान मूल्य कटौती गरेको हो ।

लीपमोटरले पनि आफ्नो ईआरईभी मोडल सी-१६ एसयूभीको मूल्यमा भारी कटौती गरेको छ । कम्पनीले एकै पटक ४४ हजार युवानले मूल्य कटौती गरेको हो ।

कम्पनीले यसअघि १ लाख ५५ हजार ८०० युवानमा बिक्री गर्दै आएको सी-१६ अब १ लाख ११ हजार ८०० युवानमा खरिद गर्न सकिन्छ । लीपमोटरले आफ्नो सी-११ एसयूभीको मूल्य पनि ४५ हजार युवानले घटाएको हो ।


Back_to_top