नयाँ डिजाइनमा आउँदै पल्सर एन १२५

काठमाडौं । बजाज अटोले पल्सर सिरिजको एन १२५ मोटरसाइकललाई नयाँ डिजाइनमा ल्याउने भएको छ ।

कम्पनीले पुरानो एन १२५ को तुलनामा विल्कुलै नयाँ शैलीमा निर्माण गरेकोे एन १२५ मोटरसाइकलको भारतमा परीक्षण गरिरहेको हो ।

कम्पनीले पुरानो भेरियन्टमा भन्दा नयाँमा केही पार्टस्हरू परिवर्तन गरेर भारतीय बजारमा लन्च गर्ने तयारी सुरू गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार बजाजको पल्सर सिरिज अन्तर्गतको एन १२५ को परीक्षण भारतका विभिन्न स्थानमा भइरहेको छ । कम्पनीले नयाँ भेरियन्ट भारतीय बजारमा छिट्टै बिक्री सुरू गर्ने अनुमान छ ।

रोड परीक्षणमा देखिएको नयाँ पल्सर एन १२५ क्यामोफ्लाजले छोपिएको भएता पनि धेरै डिजाइनहरू चेन्ज भएको स्पष्ट देखिन्छ । नयाँ एन १२५ अलि ठूलो र नयाँ डिजाइनमा छ ।

यो मोटरसाइकलमा ठूलो हेडलाइट काउल, नयाँ बडी प्यानल, नयाँ ट्यांक एक्स्टेन्सन र नयाँ टेल सेक्सन पाउन सकिन्छ । जसले गर्दा अगाडिको भाग पूर्ण रूपमा नयाँ र इन्धन ट्यांक पहिलेको भन्दा ठूलो तथा साइड प्रोफाइल लामो र प्रिमियम देखिन्छ ।

मोटरसाइकलको अर्को मुख्य परिवर्तन भनेको यसमा दिइएको साइड स्लङ एग्जस्ट, स्प्लिट सिट, ग्र्याब रेल र सिधा बस्न मिल्ने राइडिङ पोस्चर हो ।

नयाँ भेरियन्ट एन १२५ मा इन्धन दक्षता, उत्सर्जन मापदण्ड र राइड क्वालिटीमा सुधार गरिएको नयाँ इन्जिन सेटअप हुने रिपोर्टमा उल्लेख छ । साथै, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ब्लुटुथ कनेक्टिभिटी सिस्टम, कल अलर्ट र टर्न बाइ टर्न नेभिगेसन लगायतका फिचरहरू थपिन सक्ने अनुमान गरिएको छ । सम्भवतः मोटरसाइकल यही वर्ष भारतीय बजारमा उपलब्ध हुने छ ।


Back_to_top