काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेको छ ।
आज बिहान पुलको एकतर्फको भागमा ठूलो भ्वाङ परेपछि पृथ्वी राजमार्गकाे नागढुंगा-मुग्लिन खण्ड पूर्णरूपमा बन्द भएको हो ।
पुलमा भ्वाङ परेपछि अहिले काठामाडौंतर्फ आउने र काठमाडौंबाट बाहिरिने सवारी साधन रोकिएका छन् । जस कारण दुवैतर्फ सडकमा सवारी साधनको लामो लाइन लागेको छ भने हजारौं यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
उक्त ठाउँमा अब डाइभर्सन निर्माण गरी सवारी आवगमनको व्यवस्था मिलाउने तयारी भइरहको प्रहरीले जनाएको छ ।
भ्वाङ परेको पुलको छेउमै नयाँ पुल निर्माण भइरहेकाले पुरानो पुलमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।


