पूर्वपश्चिम राजमार्गको थप ४२२ किमी चार लेनको बनाइने

काठमाडौं । सरकारले पूर्वपश्चिम राजमार्गको थप ४२२ किलोमिटर चार लेनमा विस्तार गर्ने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले उक्त राजमार्ग विस्तारका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

सरकारले आगामी दुई वर्षभित्र पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही, कमला-कञ्चनपुर, कमला-बागमती, बागमती-पथलैया, वुटवल-नारायणगढ, वुटवल-गोरूसिङ्गे खण्ड चारलेनको बनाउने भएको हो ।


Back_to_top