गल्छी-रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड विनियोजन

काठमाडौं । सरकारले गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत उक्त रकम विनियोजन गरेका हुन् ।

चीनसँगको मुख्य व्यापारिक नाका रसुवागढी पुग्ने सडक दुईलेनमा स्तरोन्नति गर्न लागिएको हो ।


Back_to_top