रोयल इनफिल्ड हिमालयन ७५० एड्भेन्चरको परीक्षण सुरू

काठमाडौं । रोयल इनफिल्ड इन्डियाले नयाँ हिमालयन ७५० एड्भेन्चर मोटरसाइकलको परीक्षण सुरू गरेको छ । कम्पनीले भारतको लद्दाख, खार्दुङला पास जस्ता ठाउँहरूमा नयाँ हिमालयन ७५० मोटरसाइकलको परीक्षण गरिरहेको हो ।

एड्भेन्चर मोटरसाइकल भएका कारण कम्पनीले यस्ता अफरोड र उच्च पहाडी इलाकाहरुमा परीक्षण सुरू गरेको हो ।

रोयल इनफिल्ड एड्भेन्चर लाइनअपमा नयाँ आउने ७५० सीसी मोटरसाइकल सबैभन्दा पावरफुल मोडल हुनेछ ।

सोसम मिडियामा रोयल इनफिल्डले परीक्षण गरिरहेको हिमालयन ७५० र इलेक्ट्रीक हिमालयनको फोटो भाइरल भएसँगै नयाँ मोटरसाइकल आउने चर्चा चुलिएको हो ।

फोटोमा देखिए अनुसार नयाँ एड्भेन्चर मोटरसाइकल पूरा डबल पर्पस टुरर डिजाइनमा तयार भएको छ । यसको फ्रन्टमा डबल र रियरमा सिंगल डिस्कब्रेक सेटअप, साथै अगाडी टायरमा १९ इन्च र पछाडि १७ इन्चको ट्युबलेस वायर स्पोक ह्वील, यूएसडी टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन सेटअप, हाई माउन्टेड अपस्वेप्ट एग्जस्ट, स्याडल ब्याग माउन्ट पेनियर, अग्लो वीन्ड स्क्रीन, बल्कि फ्रन्ट इन्ड, स्लिम साइड र टेल सेक्सन पाउन सकिन्छ ।

नयाँ चेसिस फ्रेममा तयार भएको यस मोटरसाइकलमा कनेक्टिभिटी सिस्टम सहितको टीएफटी डिस्प्ले, नेभिगेसन, पूरा एलईडी लाइट सेटअप, सर्कल आकारको हेड्ल्याम्प, क्रुज कन्ट्रोल लगायतका अन्य फिचरहरू हुने छन् ।

कम्पनीले आधिकारिक रूपमा हिमालयन ७५० मोटरसाइकलको बारे अन्य कुनै जानकारी सार्वजनिक गरेको छैन । यसमा ५० ब्रेकहर्स पावर तथा ६० एनएम टर्क जेनेरेट गर्ने ७५० सीसीको प्यारालल ट्वीन सिलिण्डर, एयरका साथै आयल कुल्ड इन्जिन सेटअप हुनसक्ने अनुमान गरिएको छ ।


Back_to_top