काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ।
लन्डनका लागि उडान भरेका एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
अहमदाबादबाट लन्डनका टेकअफ गर्दै गर्दा विमान दुर्घटना भएको बताइएको छ।
विमानमा २४२ जना यात्रु सवार रहेको जनाइएको छ।