एक्सपेङले ल्यायो एआईमा आधारित पहिलो एसयूभी, बुकिङ गर्नेको भिड

काठमाडौं । चिनियाँ स्टार्टअप न्यू इनर्जी भेहिकल कम्पनी एक्सपेङले एआईमा आधारित पहिलो एसयूभी बजारमा ल्याएको छ । कम्पनीले जी-सेभेन नामबाट ल्याएको एसयूभी ४६ मिनेटमा १० हजार युनिट बुकिङ भएको हो ।

एक्सपेङको जी-सेभेनमा २ हजार २०० टीओपीएस कम्प्युटिङ पावर रहेको छ । साथै, लेभल ३ अटोनोमस ड्राइभिङ सिस्टम पनि यसमा रहेको कम्पनीले जनाएको छ । यसका अलावा जी-सेभेनमा एक्सपेङ र हुवावेले संयुक्त रुपमा विकास गरेको ८७ इन्चको डिस्प्ले दिइएको छ । एआर हेडअप डिस्प्ले पनि पाउन सकिन्छ ।

एक्सपेङले जी-सेभेनको इन्टेरियर ले आउट मिनिमल डिजाइनमा तयार पारेको छ । ड्यासबोर्डमा १५.६ इन्चको इन्फोटेन्मेन्ट स्कृन र क्याविन प्रयोग भएका रियल उड, मेटल र लेदर जस्ता समान निकै आकर्षक मानिन्छन् ।

सामान्य डिजाइनको भएपनि जी-सेभेनको क्याविनमा हाई लेभलको कम्फर्ट र टेक्नोलोजी प्रयोग भएको छ । यसमा हिटेड, भेन्टीलेटेड र मसाज फङ्सन सहितको नापा लेदरको सिट पाउन सकिन्छ ।

चालक र यात्रुको सहजताको लागि ५० वाटको वायरलेस चार्जिङ प्याड, प्यानारोमिक सनरुफ, २० वटा स्पीकर सहितको ७.१.४ सराउण्ड अडियो सिस्टम र २५६ कलर अप्सन भएको एम्बीयन्ट लाइटले मुड फ्रेस बनाउँछ ।

डिजिटल रियर भ्यूमिरर, इलेक्ट्रोनिक पासवर्ड प्रोटेक्टेड ग्लोब बक्स, रियरमा ८ इन्चको कन्ट्रोल स्कृन पनि छ । गाडीको सेकेण्ड रोमा समेत वायरलेस चार्जिङ प्याड, फ्रन्ट सिटको पछाडि फोल्डेबल टेबल दिएको छ ।

मिडसाइज सेग्मेन्टमा आएको जी-सेभेनको लम्बाइ ४८९२ एमएम, चौडाइ १९२५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा ह्वीलवेस भने २८९० एमएम लामो दिइएको छ ।

एक्सपेङले ८०० भोल्ट आर्किटेक्चरमा बनाएको जी-सेभेन एसयूभीमा ५ सी चार्जिङ सपोर्ट गर्ने ६८.५ र ८०.८ किलोवाट आवरका दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको सीएलटीसी रेन्ज ७०२ किलोमिटरसम्म हुने कम्पनीले जनाएको छ । उक्त एसयूभीमा १८ र २० इन्चको ह्वील अप्सन दिएको छ । रियर ह्वील ड्राइभ सिस्टम रहेको यो एसयूभीमा २१८ किलोवाटको मोटर रहेको छ ।


Back_to_top