काठमाडौं । हिरो मोटोकर्प नेपालले अफरोड प्रेमि राइडरहरुका लागि एक्सट्रयाक डर्ट राइड गराउने भएको छ ।
नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले अफरोड राइडिङ गर्न रुचाउने राइडरहरुलाई लक्षित गर्दै भोली पोखरामा एक्सट्रयाक डर्ट राइड गराउने भएको हो ।
कम्पनीले गर्न लागेको यो इभेन्ट दोस्रो चरण हो । ३ सयभन्दा बढी राइडरहरूको सहभागितामा संचालन भएको पहिलो चरणको डर्ट राइड काठमाडौंको धुलिखेल स्थीत डर्ट टेम्पलमा सम्पन्न भएको थियो । दोस्रो चरणको डर्ट राइड भने कम्पनीले पोखराको महेन्द« गुफा आसपास विशेष अफरोड ट्र्याकमा गर्ने भएको छ ।
सीजि मोटर्सले आयोजना गर्ने एक्सट्रयाक डर्ट राइड इभेन्टको दोस्रो चरण यही जेठ ३१ गते सनिबारका दिन बिहान ९ बजे सुरु हुनेछ ।
यस इभेन्टमा सहभागी राइडरले हिरोको एडभेन्चर एक्सपल्स २०० फोरभी र एक्सपल्स २०० फोरभी प्रो मोटरसाइकल ट्र्याकमा चलाउन पाउने छन्। यसका साथै अफरोड ट्रेनिङ, सेक्युरिटी मापदण्ड, र प्रोफेसनल मार्शलको निर्देशनसहित राइडिङ टिप्ससमेत कम्पनीले प्रदान गर्ने जनाएको छ ।
आफ्नो सुरक्षाका लागि सहभागी राइडरहरूले चालक अनुमति पत्र, सेफ्टी राइडिङ गियर र हेल्मेट अनिवार्य रुपमा ल्याउनु पर्नेछ भने कम्पनीले आफ्नो तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्राण्डको लिमिटेड एडिसन जर्सी निःशुल्क रुपमा गरिने बताएको छ ।
यस डर्ट राइडमा जान इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको आधिकारिक फेसबुक पेजमा गई त्याहाँ दिएको क्यूआरमा स्क्यान गरि निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन् ।

