संकटमा परेको नेटालाई सहजीकरण गर्दिँदै थाइल्याण्ड सरकार

काठमाडौं । आर्थिक संकटमा परेको चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादकलाई नेटालाई थाइल्याण्ड सरकारले नीतिगत सजहता गरिदिने भएको छ ।

थाइल्याण्डको अर्थ मन्त्रालयले नेटालाई उत्पादन समय सीमा बढाइदिने भएकोे हो । थाई सरकारले ईभी ३.५ योजना अन्तर्गत समयसीमा विस्तार गर्ने सम्बन्धमा नेटासँग छलफल गर्ने समाचार बाहिर आएको छ ।

नेशन थाइल्याण्डका अनुसार अर्थ मन्त्रालयले नेटाको ईभी उत्पादन समयसीमा बढाउने बारेमा छलफल गर्ने तयारी गरेको हो । स्रोतका अनुसार आजै नेटाको डिलर समूहले अवस्थाको बारेमा छलफल गर्न र उनीहरूले सामना गरिरहेका चुनौतीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे अन्तःशुल्क विभागले छलफल गर्ने भएको छ ।

थाई सरकारको ईभी ३.० नीति अनुसार नेटाले थाइल्याण्डमा आयात गरिएका सवारी साधनको १.५ गुणा उत्पादन गर्नुपर्छ । सो अनुसार नेटाले सन् २०२५ को अन्तिमसम्म १९ हजार युनिट ईभी उत्पादन गर्नुपर्छ । हालसम्मको अवस्था हेर्दा नेटाले उक्त शर्त पूरा गर्न नसकेर अनुदान गुमाउने सम्भावना देखिएको छ । यस्तोमा नेटालाई सहजीकरण गर्न थाई सरकारले ईभी ३.५ योजना अनुसार उत्पादन समय सीमा बढाएर २०२७ सम्म पुर्याउने तयारी गरेको हो ।

अन्तःशुल्क विभागले राष्ट्रिय विद्युतीय सवारी नीति समिति (ईभी बोर्ड) मा ईभी ३.५ प्रस्तुत गर्ने प्रस्ताव गरेको छ । जहाँ उत्पादन समय सीमा बढाइने प्रस्ताव गरिएको छ । यसले आर्थिक संकटमा परेको नेटालाई थाइल्याण्डमा ईभी उत्पादन जारी राख्न सहयोग पुग्ने भएको छ

यद्यपि, ईभी ३.५ योजनामा कडा शर्तहरू छन् । जसमा उत्पादन कोटा २-३ गुणा बढाउने र नेटाले यी लक्ष्यहरू पूरा नगरेसम्म कुनै पनि अनुदान नपाउने उल्लेख छ । यसको बाबजुद नेटाले अझै पनि उत्पादन करमा ८ प्रतिशतबाट २ प्रतिशतसम्म कटौतीबाट लाभ पाउने छन् ।

उपअर्थमन्त्री पाओपूम रोजानासकुलले मन्त्रालय र अन्तःशुल्क विभागले नेटाको वित्तीय समस्याहरूलाई नजिकबाट निगरानी गरिरहेको खुलासा गरेका छन् ।

‘यो विकल्पले ईभी उद्योगलाई स्थिर बनाउन मद्दत गर्नेछ, किनकि अहिले कुनै पनि कम्पनी बन्द हुँदा सम्पूर्ण उद्योगलाई क्षति पुग्नेछ, उपभोक्ताको विश्वास घट्नेछ र सरकारको ईभी नीतिहरूलाई हानि र्पुयाउनेछ,’ अर्थ मन्त्रालय स्रोतले भनेको छ ।

थाई सरकारले ईभी प्लाण्टलाई प्रोत्साहन गर्न अनुदान र कर कर छुट लगायत सुविधा दिँदै आएको छ ।


Back_to_top