कोशी प्रदेशले क्यूआर कोडसहितको लाइसेन्स छाप्ने, छुट्यायो बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेश सभामा पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त रकम छुट्याएका हुन् ।

त्यस्तै, उनले यातायात कार्यालयहरुबाट प्रवाह हुने लाइसेन्स, सवारी दर्ता, नवीकरण लगायतलाई अनलाइन बनाउन विद्युतीय सवारी साधन दर्ता प्रणाली (ईभीआरए) विकासका लागि ८० लाख रुपैयाँ विनियोज गरेकका छन् ।

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाइए डिजिटालाइजेसन गर्न ४ करोड रुपैयाँ बजेट बिनियोजन गरेका छन् ।


Back_to_top