एलईभी-०५ नाइमा अटो शोमा आउने, डल्फिन र नामीलाई कति थ्रेट ?

काठमाडौं । नेक्सन भेन्चर प्रालिले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा २ नयाँ मोडल देखाउने भएको छ । एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले एलईभी-०५ र एलईभी एक्स गरी दुई नयाँ मोडल देखाउने भएको हो ।

नाइमा मोबिलिटी एक्स्पो अगामी साउन २१ बाट २५ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । साथै, एलएस अटो नाडा अटो शो २०२५ मा पनि सहभागी हुनेछ ।

एलईभी-०५ एक प्रिमियम ह्याचब्याक मोडल हो । यसको लम्बाइ ४२०० एमएम, चौडाइ १७७० एमएम र उचाइ १६१० एमएम छ । ह्याचब्याक कारमा ह्वीलबेस २६५० एमएम लामो पाउन सकिन्छ । १७ इन्चको आल्मुनियम ह्वील रहेको ह्याचब्याक कारमा १७५ एमएम ग्राउण्ड क्लियरेन्स पाउन सकिनेछ ।

रोचक के छ भने एलईभी-०५ लाई कम्पनीले ५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटरमा ल्याउने छ । यो भनेको सबैभन्दा कम कर लाग्ने सेग्मेन्ट हो । यसको अधिकतम टर्क १८० न्युटन मिटर छ ।

ब्याट्री भने निकै ठूलो साइजको उपलब्ध एलईभी-०५ सेग्मेन्ट लिडर रेन्जको साथ आउने छ । यसमा ५६ किलोवाट अवारको एलएफपी ब्याट्री रहने छ । जसले सिंगल चार्जमा अनरोड ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ ।

यसलाई ६० किलोवाटको डीसी फास्ट चार्जर र ७ किलोवाटको एसी चार्जरले चार्ज गर्न सकिन्छ । नेपाली बजारमा एलईभी-०५ को सिधा प्रतिस्पर्धा बीवाइडी डल्फिन र नामी-०१ जस्ता मोडलसँग हुनेछ ।

नेक्सन भेन्चरले लन्च गर्न लागेको अर्को मोडल एलईभी-एक्स हो । अहिले बजारमा रहेको एलईभी-०१ को फोर ह्वील ड्राइभ भएको भेरियन्ट एक्स हो । एलईभी एक्समा मोटर पावरको साथै केही फिचर थप भएर आउने कम्पनीको भनाइ छ । एलईभी एक्समा फ्रन्ट र रियर गरी २०० किलोवाटको मोटर रहने छ । यसमा ७७ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक रहनेछ ।

एलईभी एक्सको ड्यासबोर्डमा समेत एसी भेन्टको डिजाइनमा परिवर्तन भएको छ । अगाडि हाइड्रोलिक बोनेट र लगेजको लागि फ्रङ्स समेत थपिएको छ ।

नेक्सन भेन्चरले हालै मात्र एलएस अटोको नयाँ शोरुम तीनकुनेमा संचालनमा ल्याएको छ ।


Back_to_top